१६ कार्तिक २०८० ०७:४६
१६ कार्तिक २०८० ०७:४६
काठमाडौँ, १६ कार्तिक । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपालले ओमानसँग आफ्नो समूह अर्थात् समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । नेपाल…
