Karnali Aawaj

Advertisement
Advertisement

प्रमुख समाचार

टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको सार्वजनिक लेखा समितिको ठहर

टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको सार्वजनिक लेखा समितिको ठहर

११ पौष, काठमाण्डौं - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गरेको छ । दूरसञ्चार क्षेत्रमा हुने गैरकानूनी गतिविधि र राजस्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरी लागू गर्न खोजेको थियो ।  बुधबार बसेको समितिको बैठकले प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । समितिमा लामो छलफल र अनुसन्धानपछि बुधबार सिंहदरबारमा बसेको समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले भने, 'टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण…
Read More
देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

देशकतिबन्योभन्नेहोइन, कतिबन्नसक्थ्योभन्नेआत्मसमीक्षामाछु: प्रधानमन्त्री

१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै सरकार असफल नभएको दाबी गरेका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा “आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु,” प्रधानमन्त्रीले भने, “देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।”
Read More
प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्दैछु : प्रधानमन्त्री दाहाल

१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीले भने, 'यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।' कस्तो संरचनात्मक परिवर्तन गर्न लागेको हो भन्ने कुरा उल्लेख भने उनले गरेनन् । 
Read More
रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

रुसी सेनामा भर्ना हुन पुगेका करिब एक सय जना नेपाली हराइरहेको भन्ने उजुरी परेको परराष्ट्र मन्त्री को भनाई

१० पौष, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको भन्ने उजुरी परेको बताएका छन्।  ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले रासससँगको कुराकानीमा भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’ रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो । 'करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको…
Read More
गाउँ किन रित्तिँदैछ भन्ने कुरामा चिन्ता केन्द्रित गर्नुपर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

गाउँ किन रित्तिँदैछ भन्ने कुरामा चिन्ता केन्द्रित गर्नुपर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

१० पौष, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’ ‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’ शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए।
Read More
सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ

सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ

१० पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको र तिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको बताए। ‘नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन्।’ सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको दाहालको भनाइ थियो । 'सांस्कृतिक सम्पदाको धनी नेपालमा…
Read More
प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पौष, काठमाण्डौं -  प्रधानमन्त्री पुष्पकमल दाहालले  तेस्रोपटक  प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।
Read More
प्रहरीले खुलायो बीपी राजमार्ग

प्रहरीले खुलायो बीपी राजमार्ग

९ पौष, सिन्धुली - दुर्घटनामा परी दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ । सोमबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
Read More
कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

कोभिड-१९ र यसको नयाँ भेरियन्ट बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सतर्कता अपनाउन आग्रह

८ पौष, काठमाण्डौं - कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।  दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।  'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको 'जेएन.१'बाट जोखिम कम हुने आंकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,' डब्लूएचओका दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् । उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा 'जेएन.१' फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो…
Read More
भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष ओलीको भनाई

भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष ओलीको भनाई

८ पौष, काठमाण्डौं -  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शासन प्रणालीलाई सफल बनाउने कोसिसमा लाग्नुपर्ने बताएका छन् । १४ मंसिरदेखि १८ दिनसम्म चलेको  बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त कुरा बताएका हुन् । ओलीले भने 'संघीयतालाई सफल ढंगले कार्यान्वयन गरी मजबुद र सफल बनाउन कोसिस गर्नुपर्छ, अहिलेको चरण त्यो हो,' । संघीयताका संरचनाहरूले विकास निर्माणका कामहरूको अगुवाइ गर्नुपर्ने ओलीको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको पनि स्पष्ट पारे । प्रदेश संरचना कार्यान्वयन र अभ्यासका क्रममा प्रश्न…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search