Karnali Aawaj

Advertisement
Advertisement

प्रमुख समाचार

दीपेन्द्र माविले मनायो ६१ औं वार्षिकोत्सव

दीपेन्द्र माविले मनायो ६१ औं वार्षिकोत्सव

जाजरकोट । भेरी नगरपालिका ९ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर १० माघमा आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाएको हो । वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित भएका भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्तीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर घर्तीले विद्यालयको शैक्षिक एवम् भौतिक क्षेत्रको विकास र विस्तारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए । दीपेन्द्र मावि पछिल्लो समय नमुना विद्यालयको रुपमा विकसित हुँदै गएको भन्दै आगामी दिनमा थप उत्साहका साथ भौतिक क्षेत्र संगै शैक्षिक क्षेत्रको विकास हुनेमा मेयर घर्तीको विश्वास छ । विद्यालय व्यवस्थापन…
Read More
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

सुर्खेत । कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका विष्णु विक र नेकपा एकिकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् । कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिने गरी भागबण्डा भएको थियो । जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मतभार प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन । यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेश…
Read More
कर्णाली सहितका पहाडी भू–भागमा हिमपातको सम्भावना

कर्णाली सहितका पहाडी भू–भागमा हिमपातको सम्भावना

सुर्खेत । आज बिहानैदेखि तराईका भू–भागमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले अघि बिहान ६ बजे सार्वजनिक गरेको मौसम सम्बन्धी जानकारी अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। यस्तै कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी…
Read More
पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ…
Read More
१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

५ माघ, काठमाण्डौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार  बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको…
Read More
चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

२८ पौष, काठमाण्डौं - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, २०७९ मा पराजितहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सत्तारुढ गठनबन्धनको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले आलोचना गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा विराजभक्त श्रेष्ठ सांसद निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा शनिबार आयोजित 'वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह' मा लामिछानेले चुनावमा पराजितलाई संवैधानिक व्यवस्थाविपरीत राष्ट्रिय सभा सांसद बनाइएकोमा आलोचना गरेका हुन् । 'राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको व्यक्तिलाई लिएर जानुपर्ने, यो व्यवस्थामा खतरा कोबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ?,' सभापति लामिछानेले भने, 'परिवर्तनमा प्रहार त्यसले गर्‍यो जसले…
Read More
निर्वाचन आयोगले गर्यो राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले गर्यो राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

२८ पौष, काठमाण्डौं - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।  सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनमा आठ राजनीतिक दलका ५१ उम्मेदवार मैदानमा छन्।  उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयन-पत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६-६…
Read More
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित

२७ पौष, धनगढी - नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो ।  टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् ।
Read More
प्रधानमन्त्रीको अधिकारबारे सत्ता र प्रतिपक्षबीच संबैधानिक परिषद् सम्बन्धी विधेयकमा विवाद

प्रधानमन्त्रीको अधिकारबारे सत्ता र प्रतिपक्षबीच संबैधानिक परिषद् सम्बन्धी विधेयकमा विवाद

२६ पौष, काठमाण्डौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद्‌मा पदेन अध्यक्ष रहने प्रधानमन्त्रीलाई कति अधिकार हुने भन्नेमा विवाद भएको छ । सत्ता र प्रमुख प्रतिपक्षका सांसदबीच 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक' माथिको छलफलका क्रममा प्रधानमन्त्रीलाई संवैधानिक परिषद्मा कति अधिकार हुने भन्ने विषयमा विवाद हुँदा निर्णय हुन सकेन ।  राज्य व्यवस्था समितिमा संवैधनिक परिषद् सम्बन्धी विधेयकको दफा २ को उपदफा ९ र १० मा विवाद भएको हो । उपदफा ९ मा संवैधानिक परिषद् बैठकको गणपूरक संख्याको विषय छ भने १० मा निर्णय प्रक्रियाको बारेमा उल्लेख छ । उपदफा ९ मा प्रस्ताव…
Read More
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

२६ पौष, सर्लाही - जिल्ला अदालतले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search