Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट

एमाले बारेकोटको अध्यक्षमा बोहरा निर्वाचित

एमाले बारेकोटको अध्यक्षमा बोहरा निर्वाचित

लिम्सा । नेकपा एमाले बारेकोट गाउँकमिटीको अध्यक्षमा लक्ष्मण प्रसाद बोहरा सर्वसम्मत निर्वाचित भएका छन । पालिकाको केन्द्र लिम्सामा बुधबार सम्पन्न गाउँकमिटीको दोस्रो अधिवेशनले बोहराको अध्यक्षतामा सर्वसम्मत रुपमा गाउँकमिटी निर्वाचित गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा नन्दलाल पुन, सचिवमा मन बहादुर बोहरा, उपसचिवमा ध्रुवराज रोकाय र गंगा पोखरेलसहित ५१ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन । अधिवेशनले चित्रबहादुर बस्नेतको अध्यक्षतामा ५ सदस्यीय लेखा समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु…
Read More
गर्भपतनबारे व्यवहार रुपान्तरणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

गर्भपतनबारे व्यवहार रुपान्तरणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

खलंगा । गर्भपतनबारे मुल्य, मान्यता र व्यवहार रुपान्तरण सम्बन्धि सरोकारवालाहरु बिच २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयोजनामा बुधबारदेखि जिल्ला सदरमुकाम खलंगामा सुरु भएको उक्त गोष्ठी विहिबार सम्पन्न भएको हो । गोष्ठीमा गर्भपतनको वर्तमान अवस्था, कानूनी व्यवस्था, यसको सकारात्मक र नकारात्मक प्रभाव र गर्भपतनका विषयमा सरोकारवालाहरुको बुझाई सम्बन्धि छलफल गरिएको थियो । जिल्लाका ७ वटै स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, स्वास्थ्य शाखाका प्रमुख, मातृ स्वास्थ्यमा काम गर्ने स्वास्थ्यकर्मीहरु, अदालत, सरकारी वकील कार्यालय, प्रहरी, पत्रकार, बाल क्लव र महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त गोष्ठीको सहजिकरण सिनियर नसिंङ निरिक्षक सेतु शाही…
Read More
एमाले छेडागाडको अध्यक्षमा ओली

एमाले छेडागाडको अध्यक्षमा ओली

केपी न्यौपाने, मनाघाट । नेकपा एमाले छेडागाड नगरकमिटीको अध्यक्षमा मोतिलाल ओली सर्वसम्मत निर्वाचित भएका छन । पालिकाको केन्द्र मनाघाटमा आइतबार सम्पन्न नगरकमिटीको दोस्रो अधिवेशनले ओलीको अध्यक्षतामा सर्वसम्मत रुपमा नगरकमिटी निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा भवानी प्रसाद जैसी, सचिवमा प्रेम बहादुर कार्की, उपसचिवमा गणेश थापा र तिला कुमारी खत्रीसहित ५५ सदस्यीय नगरकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन । नगर कमिटीको अध्यक्षमा निर्वाचित ओली पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा झिनो मतान्तरले पराजित भएका थिए । अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद…
Read More
एमाले भेरी नगरकमिटीको अध्यक्षमा शर्मा सर्वसम्मत

एमाले भेरी नगरकमिटीको अध्यक्षमा शर्मा सर्वसम्मत

जाजरकोट । नेकपा एमाले भेरी नगरकमिटीको अध्यक्षमा मुकुन्द प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन । जेठ १५ र १६ गते जिल्ला सदरमुकाम खलंगामा सम्पन्न नगरकमिटीको दोस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा भेरी नगरकमिटी निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सावित्रा चन्द, सचिवमा कमल राना, उपसचिवमा डम्बर बहादुर खड्का र बसुन्धरा नेपालीसहित ६५ सदस्यीय नगरकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन । अध्यक्ष पदका आकांक्षी गंगबहादुर शाहीले पार्टी भित्रको आन्तरिक एकातामा सहयोग पुर्याउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो…
Read More
एमाले शिवालय गाउँकमिटीको अध्यक्षमा रङ्गनाथ योगी

एमाले शिवालय गाउँकमिटीको अध्यक्षमा रङ्गनाथ योगी

जाजरकोट । नेकपा एमाले शिवालय गाउँकमिटीको अध्यक्षमा रङ्गनाथ योगी निर्वाचित भएका छन । जेठ १० र ११ गते पालिकाको केन्द्र ऐरारीमा सम्पन्न गाउँकमिटीको दोस्रो अधिवेशनले योगीको अध्यक्षतामा सर्वसम्मत रुपमा गाउँकमिटी निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा राम बहादुर रावत, सचिवमा तेज बहादुर बुढा, उपसचिवमा प्रकाश घर्ती र पार्बता शाहीसहित ४७ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । त्यसैगरी लेखा समितिको अध्यक्षमा सौगात राना निर्वाचित भएका छन । एमालेको जिल्ला अधिवेशन पछि पालिका अधिवेशन गर्ने शिवालय पहिलो पालिका हो । जेठ महिना भित्र सबै पालिकाहरुको अधिवेशन गरिसक्ने र त्यस लगत्तै वडा अधिवेशनहरु सुरु हुने जिल्ला…
Read More
जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै

जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै

जाजरकोट । जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ यहि जेठ ७ देखि २० गतेसम्म प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सवु सञ्चालन हुने भएको हो । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सहआयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको क्लवका अध्यक्ष एवम् महोत्सव संचालन समितिका संयोजक निरज रानाले बताए । जिल्ला सदरमुकाम खलंगामा आज भएको पत्रकार भेटघाटमा संयोजक रानाले जिल्लाका पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिलाई उजागर गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए । जाजरकोट र रुकुम…
Read More
नलगाडका ४ सय बढि कृषकलाई व्यवसायीक तालिम

नलगाडका ४ सय बढि कृषकलाई व्यवसायीक तालिम

जाजरकोट । नलगाड नगरपालिकाका ४ सय बढि कृषकहरुलाई कृषि सम्बन्धि व्यवसायीक तालिम दिइएको छ । नगरपालिकाभित्र परम्परागत रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई व्यवसायीक कृषि उत्पादन र बजारीकरण सम्बन्धि ज्ञान दिने उद्देश्यले २ दिवसिय व्यवसायीक तालिमको आयोजना गरिएको हो । संघीय र प्रादेशिक कृषि अनुसन्धान केन्द्र सहित मातहतका जिल्ला कार्यालयका विज्ञहरु मार्फत उत्पादन र व्यवसायिकरण सम्बन्धी तालिम दिइएको नगरपालिकाका सूचना अधिकारी नारायण खत्रीले जानकारी दिए । नलगाडमा राष्ट्रिय वाणिज्य बैंकले कृषकहरुलाई सहुलियत रुपमा कृषि कर्जा प्रदान गर्दैछ । नगरपालिका संग भएको सम्झौता अनुरुप बैंकले दिने उक्त सहुलियत कर्जाको सहि सदुयोग होस भन्ने उद्देश्यले पनि उक्त तालिमको आयोजना गरिएको हो । कृषकहरुमा…
Read More
भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

जाजरकाेट । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले गैर आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छात्रालाई सहयोग गरेको हो । भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण  गरिएको फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन । त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न…
Read More
भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

जाजरकोट । जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीलाई आएको राहत रकममा बेइमानी गरेको पाइएको छ । गत कात्तिक १७ गते जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित भएका विद्यार्थीहरुका लागि जिपि कोइराला मेमोरियल क्लेज काठ्माडौंंले पठाएको राहत रकम स्ववियुले अनेत्रै खर्च गरेको पाइएको हो । क्याम्पसमा अध्ययनरत भूकम्प पीडित विद्यार्थीका लागि आएको ५ लाख राहत रकम स्ववियुले आफ्नो कार्यकक्ष निर्माणमा खर्च गरेको भेटिएको छ । भूकम्प गएको ७ महिना बितिसक्दा पनि क्याम्पसले राहत रकमको विषयमा चासो नदेखाएपछि भूकम्प प्रभावित विद्यार्थीले उक्त राहत रकममा प्रश्न उठाएका छन । स्ववियु अध्यक्ष प्रकाश सिंहले भने उक्त रकम राहत नभइ…
Read More
जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामेरा जडानको काम सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका वडा नं. ३ मा रहेको फुलवारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामेरा जडान गरिएको थियो । गत असार २० गते देखि जडान गरिएको क्यामेरामा रेडपाण्डाको वासस्थान रहेको ठाउँमा अन्य स्तानधारी वन्यजन्तुको पहिचान गर्न क्यामेरा जडान गरिएको थियो । रेडपाण्डा नेटवर्क र डाँफे यूवा क्लवको साझेदारीमा सञ्चालित पश्चिम नेपालमा सामुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन वन कार्यालय जाजरकोटको सहकार्यमा क्यामेरा जडान गरिएको डाँफे यूवा क्लव जाजरकोटका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिए । पश्चिम नेपालको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search