Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय

गाजामा युद्ध विरामको आह्वान गर्दै ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन

गाजामा युद्ध विरामको आह्वान गर्दै ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन

वासिंगटन डिसी, १८ कार्तिक । गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्ध विरामको लागि आह्वान गर्दै शनिवार वासिङ्टन, डिसी र युरोपका प्रमुख सहरहरूमा हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन्। अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन, डिसीमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड शनिवार दिउँसो संयुक्त राज्य अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्ध विराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रूपमा आह्वान गरेका थिए । नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झन्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो । कार्यक्रम आयोजकहरूले…
Read More
जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्द

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्द

जर्मन, १९ कार्तिक । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ । शनिवार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो । उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो ।  गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ । जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा…
Read More
दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द

दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द

नयाँ दिल्ली, १७ कार्तिक । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरूले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेष गरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरूलाई बढी सजग रहन अपिल गरिएको छ । विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ ।…
Read More
हमास–इजरायल युद्ध, भारतीय मूलका इजरायली सैनिकको मृत्यु

हमास–इजरायल युद्ध, भारतीय मूलका इजरायली सैनिकको मृत्यु

नयाँ दिल्ली, १७ कार्तिक ।  हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाँट देखिएको छैन । यसैबिच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् । कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् । बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरूसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् । हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको…
Read More
इरानका शीर्ष नेताले भने, ‘अमेरिका समर्थन बिना इजरायल एक दिन पनि टिक्दैन’

इरानका शीर्ष नेताले भने, ‘अमेरिका समर्थन बिना इजरायल एक दिन पनि टिक्दैन’

तेहरान, १७ कार्तिक । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले गाजा पट्टी र कब्जा गरिएको वेस्ट बैङ्कमा आफ्नो घातक सैन्य कारबाही जारी राख्दा इजरायल ‘असहाय र भ्रमित’ बन्दै गएको बताएका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमा पोस्ट गरिएको एक कथनमा, खामेनीले इजरायलीहरूलाई सीधा सम्बोधन गर्दै भने कि उनीहरूको सरकारले उनीहरूलाई ‘झूटो’ बोलिरहेको थियो, उसले हमासले कब्जामा लिएका बन्धकहरूमाथि चिन्ता व्यक्त गरेको थियो र बन्दीहरूलाई राख्न सक्ने क्षेत्रहरूमा गोलाबारी पनि गरिरहेको थियो।’ उनले अगाडी लेखेका छन् कि, ‘अमेरिकी समर्थन बिना इजरायल एक दिन भित्रमा नै मौन हुनेछ’ इजरायलले इरानलाई यस क्षेत्रमा आफ्नो नम्बर एक खतरा मानेको छ। यसले मध्यपूर्वमा हमास र लेबनानमा…
Read More
दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

नयाँ दिल्ली, १६ कार्तिक । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल काँग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिँदै छ । प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हो । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार समितिको प्रश्नको जवाफ दिनुपर्छ। बीजेपीले दुवै विपक्षी नेताहरूलाई उनीहरूको प्रश्नको बारेमा खिल्ली उडाएको छ। यति मात्र होइन उनलाई 'दुई नम्बरी' पनि भनिएको छ । गोड्डा, झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले अरविन्द केजरीवाल र महुआ मोइत्रालाई सोसल मिडिया प्लेटफर्ममा ‘दुई नम्बरी’ नेताको रूपमा टिप्पणी गरेका…
Read More
गाजाको अस्पतालका अवस्था ‘अत्यन्तै पीडादायी’, इन्धन सकिएर अक्सिजन उत्पादन हुन छाडयाे

गाजाको अस्पतालका अवस्था ‘अत्यन्तै पीडादायी’, इन्धन सकिएर अक्सिजन उत्पादन हुन छाडयाे

गाजा, १६ कार्तिक । गाजास्थित अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदै छ । आज साँझ गाजामा प्यालेस्टिनी स्वास्थ्य प्राधिकरणका प्रवक्ता अशरफ अल कुद्राका अनुसार अस्पताललाई आवश्यक पर्ने धेरैजसो उपकरण र इन्धनहरू सकिने अवस्थामा पुगेको छ । ‘जसका कारण अब माध्यमिक जेनेरेटरहरु मात्रै चलिरहेका छन्, अस्पतालको भेन्टिलेसन र एसी प्रणालीले इन्धन सकिन थालेपछि काम गर्न छाडेको छ,’ उनले भने । उनका अनुसार बिरामीका लागि अक्सिजन उत्पादन गर्ने प्रणालीले पनि काम गर्न छाडेको छ भने शव गृहमा रहेका फ्रिजरले पनि काम गर्न सकेको छैन । ‘हामी बुझ्छौँ कि प्यालेस्टिनी सङ्गठनहरूले प्रदान गरेको इन्धन केही घण्टा मात्र टिक्न सक्छ। अबको केही दिनमा…
Read More
इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ । विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् ।  उनीहरूले  गाजामा  घातक हवाई आक्रमण रोक्न तथा  युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् । मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा  अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ…
Read More
इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

गाजा, १४ कार्तिक । इजरायली सेनाले मङ्गलवार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमदारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मङ्गलवार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतङ्क छाएको थियो । ‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतङ्कको अनुभव गरिरहेका छन्,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ । करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ । इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको…
Read More
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

गाजा, १४ कार्तिक । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो। तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए। यसैबिच, उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search