Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

खेलकुद

लिगलिगे दौडको उपाधि गजेन्द्र राईलाई

लिगलिगे दौडको उपाधि गजेन्द्र राईलाई

गोरखा, १ कात्तिक । यस वर्षको गोरखाको पालुङटार हुने लिगलिगे दौड उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । पालुङटार नगरपालिका–५ चेपे घाटबाट लिगलिग कोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेर दौड जितेका हुन् । बुधवार भएको ११ औँ संस्करणको लिगलिगे दौड जित्दै उनले एक लाख रुपैयाँ पुरस्कार पनि हात पारेका छन् । यस्तै उक्त दूरी ५६ मिनेट ५३ सेकेन्डमा पूरा गरेर दोस्रो भएका सेनाकै सेनाका नरेन्द्रसिंह रावते ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्। ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भएका अनीश थापाले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन्।
Read More
त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने

त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने

काठमाडौँ, २९ असोज । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् । तर, अदालतमा आफू विरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाइ गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन । विश्वकप छनोटको तयारी स्वरूप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा युएई र हङकङ…
Read More
एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

  नयाँ दिल्ली, २० असोज । एसियाली खेलकुदमा भारतको उत्कृष्ट प्रदर्शन जारी राख्दै भारतले पहिलो पटक १०० पदक जितेको छ । आज बिहानसम्म भारतले एसियाली खेलकुदमा पदक सङ्ख्या १०० पुराएको छ । एसियाली खेलकुदको १४ औँ दिनको सुरुवात पनि भारतको लागि राम्रो रह्यो । भारतीय खेलाडीले पदक जितेका छन् । १३ औँ दिन भारतका लागि उत्कृष्ट रह्यो । साबिक विजेता जापानलाई हराउँदै भारतले ९ वर्षपछि हक्कीमा स्वर्ण पदक जितेको छ । हक्की टोलीले स्वर्ण जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टोलीलाई बधाई दिएका छन्  । यस पटक भारतले एसियाली खेलकुदमा कीर्तिमानी पदक जित्दै पदकको शतक बनाएको छ । यसअघि खेलकुदको १३…
Read More
सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

काठमाडौँ, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल कांस्य पदकमा सीमित भएको हो ।
Read More
आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

  काठमाडौँ, १८ असोज । विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुदैँछ ।   आइसिसी एक दिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आज देखी सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्गल्यान्ड साबिक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो ।   सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रङ्गशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालाको रूपमा लिइन्छ । सो उद्घाटन  खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
Read More
१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

चिन, १७ असोज । टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन मलेसिया २ रनले चुकेको छ । आश्विन १७ गते  बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेलमा मलेसियालाई २ रनले  हराउँदै बङ्गलादेश, सेमिफाइनलमा पुगेको हो ।  सुरुमा बेटिंग गर्दै बङ्गलादेशले ११६ रन बनायो । त्यो देशका लागि सेफ हसनले ५० रन हानेका थिए । बङ्गलादेशलाई सस्तोमा समेट्न मलेसियाका पवनदिप सिंहले ४ ओवरमा १२ रन दिएर २ विकेट लिएका थिए । लक्ष्यलाई पछ्याउने क्रममा मलेसियाका विरेनदिप सिंहले ५२ रन बनाए ।
Read More
एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

काठमाडौँ, १७ असोज । नेपाली महिला कबड्डीले कांस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला टोलीले कम्तीमा एक पदक सुनिश्चित गरेको हो । आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बङ्गलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
Read More
एसियाडमा नेपालको पदक लगभग निश्चित

एसियाडमा नेपालको पदक लगभग निश्चित

काठमाडौँ । चीनमा जारी १९औँ एसियाडमा नेपाल, कमसेकम एउटा पदकको नजिक पुगेको छ । एसियन गेम्समा महिला कबड्डी प्रतिस्पर्धामा नेपालबाट त्यो पदकको आशा गरिएको छ । समूह चरणको खेलमा सोमबार बङ्गलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तीमा कांस्य पदकको नजिक देखिएको हो । सोमबार नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो ।  बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्याशी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ । त्यस कारण पनि नेपालले पदक जित्ने निश्चित जस्तै छ । नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्ने भएको…
Read More
१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

चीनमा जारी १९औँ एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मङ्गोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । महिला टिमको खेलमा भने नेपाल मालदिभ्ससँग ३–१ ले पराजित भएको छ । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गल–साइखानलाई २१–८, २१–१४ तथा सुनिल जोशीले मङ्गोलियाकै अर्का खेलाडीलाई २१–११, २१–७ को सोझो सेटमा पराजित गरे । तर विष्णु कटुवाल भने पराजित भए । तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।
Read More
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नुहुनेछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search