Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा प्रदर्शन गरियो स्थानीय लोक झाँकी

Advertisement

जाजरकोट । जाजरकोटमा बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको छ । पछिल्लो समय स्थानीय कला संस्कृतिहरु लोप हुँदै गएकाले तिनको संरक्षण गरी लोप हुन नदिन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको हो ।

लोपोन्मुख हुँदै गएका कला संस्कृतिलाई संरक्षण र आधुनिक कला संस्कृतिलाई व्यवस्थित गर्ने उद्देश्यले बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । जिल्लाभित्र रहेका ऐतिहासिक सोरठी, पैसेरी, सिंगारु, खाडो जस्ता नाँच तथा टप्पा, ठाडीभाका लगायतका गीतहरुको संरक्षण गर्न प्रतिष्ठानको दोश्रो वार्षिकोत्सवमा स्थानीय झाँकीको प्रदर्शनी राखिएको अध्यक्ष केसीको भनाई छ ।

‘पछिल्लो समय युवापुस्ताले परम्परागत संस्कृति बिर्सदै गएका छन, यसलाई बचाउन आवश्यक छ, केसीले भने, यस्ता लोप हुदै गएका संस्कृतिलाई बचाउनको लागि जिल्ला स्तरिय बृहत स्थानीय झाँकी प्रदर्शनी गरिएको हो ।’

पहिलो पटक गरिएको जिल्ला स्तरीय बृहत स्थानीय झाँकी प्रदर्शनीमा जिल्लाका ७ वटै पालिकाबाट विभिन्न प्रस्तुति राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search