Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

प्रेम केसीको पहलमा ‘हेमन्त’ले पाए नयाँ जीवन

Advertisement

जाजरकोट । नलगाड नगरपालिका १२ तल्लुबगरका हेमन्त बस्नेतको उपचारका लागि करिब ६ लाख सहयोग रकम संकलन भएको छ । स्थानीय युवा प्रेम केसीको पहलमा बस्नेतको उपचारका लागि उक्त सहयोग रकम संकलन भएको हो ।

मुटु, फोक्सो र मृगौलमा समस्या भई आर्थिक अभावमा उपचार गर्न नपाएका बस्नेतको उपचारका लागि सामाजिक संजाल लगायतको माध्यमबाट सहयोग रकम संकलन गरिएको सहयोगी युवा प्रेम केसीले बताए । आफुहरुले संचालन गरेको ‘हेमन्त बस्नेत बचाउ अभियान’मा जोडिएर स्थानीयसहित देशका विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको केसी भनाई छ ।

बिरामी भएर थला परेका बस्नेतको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । उपचार पछि स्वास्थ्यमा सुधार आएर नेपालगञ्जस्थित आफन्तको घरमा आराम गरिरहेका बस्नेतले भने, ‘प्रेम केसी पहल र नवराज सिंहको समन्वयमा पैसा जुट्यो । त्यहि पैसाले उपचार गरेर मैले नयाँ जीवन पाए ।’ सुरुमा नेपालगञ्ज स्थित मेडिकल क्लेजमा उपचार गराएपनि त्यहाँ सम्भव नभएकोले बस्नेतलाई भारतको लखनउमा उपचार गराइएको हो । उपचारका लागि ९ लाख ६० हजार भन्दा बढि खर्च भएकोमा ५ लाख ९२ हजमर ४५६ रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी ऋण सापत गरेको बस्नेतको भनाई छ ।

राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटका सचिव समेत रहेका केसी विभिन्न सामाजिक कार्यमा सक्रिय छन । केसीले विरामी लगायत विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search