Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा खानेपानी परिक्षण प्रयोगशाला स्थापना

डिस्टिल वाटर उत्पादन हुने

Advertisement

जाजरकोट । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलंगा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सन्चालनमा ल्याइएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्राविधिक सहयोगमा सन्चालन गरिएको प्रयोगशालामा विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाँच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरण कुमार भण्डारीले बताए । उक्त प्रयोगशालामा डिस्टिल वाटर समेत उत्पादन गरिने अध्यक्ष भण्डारीको भनाई छ ।

प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका मेयर चन्दप्रकाश घर्तीले खानेपानीको जाँचले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । दुषित खानेपानीका कारण विभिन्न रोग लाग्ने र त्यसले स्वास्थ्य संगै आर्थिक क्षेत्रमा समेत क्षेति गर्ने भन्दै मेयर घर्तीले प्रयोगशाला स्थापनापछि खानेपानीमा शुद्धता ल्याइ स्वस्थ जीवन जिउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रयोगशालामा आफ्ना उपभोक्तालाई निशुल्क रुपमा खानेपानीको गुणस्तर जाँच गरिने छ भने अन्य उपभोक्तालाई शुल्क लिएर परिक्षण गरिने उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई छ ।

जाजरकोटमा स्थापना गरिएको प्रयोगशाला कर्णाली प्रदेशकै दोश्रो हो । यसअघि यस्तो प्रयोगशाला सुर्खेतमा मात्रै रहेको थियो । यस प्रयोगशालाबाट जाजरकोटसहित अन्य छिमेकी जिल्लाका नागरिकहरुले समेत सेवा प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search