Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

पोषणमैत्री बन्दै भेरी नगरपालिका: वडा नं. १३ र ९ जिल्लाकै पहिलो र दोस्रो बन्न सफल

Advertisement

जाजरकोट । भेरी नगरपालिका जिल्लाकै पोषणमैत्री नगरपालिका बन्ने भएको छ । पालिकालाई नै पोषणमैत्री बनाउने उद्देश्यका साथ वडा नं. १३ र ९ लाई औपचारिक रूपमा पोषणमैत्री वडा घोषणा गरिएको छ।

नेपाल सरकारले तोकेको ४९ वटा पोषण सूचकहरू पूरा गरेपछि वडा नं. १३ लाई जिल्लाकै पहिलो तथा वडा नं. ९ लाई जिल्लाकै दोस्रो पोषणमैत्री वडाका रूपमा घोषणा गरिएको हो । जनप्रतिनिधि, स्वास्थ्य संस्थाहरू, महिला समूह, समुदायका अगुवा तथा विभिन्न संघसंस्थाको समन्वय र सक्रियताले यो उपलब्धि हासिल भएको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष हिराप्रसाद शर्माका अनुसार पोषण क्षेत्रमा देखिएका कमजोरीहरू पहिचान गरी निरन्तर अनुगमन, सचेतना कार्यक्रम र सेवाको पहुँच विस्तारसँगै परिणाममुखी कार्यान्वयन गरिएको थियो । “बालबालिकाको वृद्धि विकास, गर्भवती तथा सुत्केरी महिलाको अवस्था सुधार, पोषणयुक्त खाना तथा सरसफाइको प्रवर्धन जस्ता क्षेत्रमा वडाले प्राथमिकता दिएको थियो,” शर्माले बताए ।

पोषणमैत्री वडा बन्नका लागि सूनिश्चित गरिनुपर्ने सूचकहरूमा बालबालिकाको तौल र उचाइ अनुसारको अवस्था, नियमित खोप सेवा, स्तनपान, आयोडिनयुक्त नुन प्रयोग, सरसफाइ, विद्यालयमा पोषण शिक्षा, कुपोषणको पहिचान र उपचार, किशोरी तथा महिलामा रगतको कमी न्यूनीकरण लगायतका सूचकहरू पर्दछन।

यो घोषणापछि वडामा थप योजनाबद्ध रुपमा पोषण सुधारका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको १३ का वडाध्यक्ष यज्ञबहादुर बटालाले जानकारी दिए ।

वडा नं १३ र ९ को सफलताको सराहना गर्दै अन्य वडाहरूले पनि यही बाटो अवलम्बन गर्ने र सबै वडाहरू पनि पोषणमैत्री बनेपछि नगरपालिकालाई नै पोषणमैत्री पालिका घोषणा गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search