कोपा इटालियाको उपाधि युभेन्टसलाई

37
VIEWS

युभेन्टसले कोपा इटालियाको उपाधि जितेकाे छ । युभेन्टसले एटलान्टालाई २-१ गोलले हराउँदै युभेन्टसले सर्वाधिक १४ पटक उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनलको ३१औँ मिनेटमा युभेन्टसले खेलमा अग्रता लिएको थियो । उसका लागि वेष्टन मकेनीको सहयोगमा डेजान मुलुसेभ्सकीले गोल गर्दै टिमलाई १-० ले अग्रता दिएका थिए ।

तर खेलको ४१ औँ मिनेटमा एटलान्टाले गोल फर्काएर बराबरी गर्न सफल भयो । उसका लागि हान्स हाटकोएरको पासमा रुस्लान मालिनोभ्स्कील्ले सुन्दर गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा फेडेरीको किएजाको गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाए । उनले कुलुसेभ्सकीको पासमा उत्कृष्ट गोल गर्न सफल भए ।

जितसँगै युभेन्टसले तीन वर्षपछि प्रतियोगिता जितेको हो । योसँगै १४ औं पटक उपाधि जित्दै युभेन्टसले सर्वाधिक उपाधि जित्ने सुचिमा कीर्तिमान बनाएकाे छ ।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय