नेपाल टेलिकमकाे टावरमा देश भर नै समस्या

63
VIEWS

नेपाल टेलिकम (NTC) को सबे नेटवर्कमा प्राविधिक समस्या आएको छ। बुधबार बिहानदेखि नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन।नेपाल टेलिकमका एक अधिकारीका अनुसार बुधबार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको बताए।उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्नेछ। हाल टेलिकमको सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन। ।यसअघि पनि पटक पटक नेटवर्कमा समस्या आएको थियो।टेलिकमका प्रवक्ता राजेश जोशीले भने अहिलेसम्म समस्या पत्ता लागिनसकेको बताएका छन्। उनका अनुसार कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुबैमा समस्या देखिएको छ। कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ। यस्तो समस्या अाउनु मुगु बासिकालागि भने कुनै ठुलाे समस्या हाेइन किनभने मुगुका अधिकांस क्षेत्रमा याे समम्या पहिले देखि नै हुदै अाएकाे छ यहाँ फाे न गर्न डाँडँामा जानु प्रर्थे तर अाज भने काठमाडौँ उपत्यकामा मात्र नभइ देशभर नै रहेको बताइएकाे छ भने अधिकाँस फेसबुक प्रयाेग कर्ताले अाप्नाे वालमा पनि गनासाे पाेखेका छन

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय