Karnali Aawaj

Advertisement
Advertisement

प्रमुख समाचार

कर्णाली प्रदेश लोकसेवा आयोग : १ वर्षमा ९८९ कर्मचारी सिफरिस, करीब ६ करोड राजश्व संकलन

कर्णाली प्रदेश लोकसेवा आयोग : १ वर्षमा ९८९ कर्मचारी सिफरिस, करीब ६ करोड राजश्व संकलन

सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले एक वर्षको अवधिमा ९८९ जना कर्मचारी सिफारिस गरेको छ । २०७९ साउन १ गतेदेखि २०८० आषाढ ३१ गतेसम्म विभिन्न दरबन्दीमा ९ सय ८९ जना उम्मेदवारलाई सिफारिस गरेको हो । कुल दरबन्दीमध्ये ४ सय महिला उम्मेदवार सिफारिस हुँदा ५ सय ८९ जना पुरुष सिफारिस भएका छन । समावेशी समूहअन्तर्गत १ सय ७० जना महिलातर्फ सिफारिस भएका आयोगले सार्वजनिक गरेको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० मा उल्लेख छ । कर्णाली प्रदेश सरकार अन्तर्गतका सेवा सञ्चालन गर्ने मन्त्रालयहरू तथा स्थानीय तहहरूबाट सहायकस्तर चौथो र पाँचौँ तहका रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग भएको थियो । उक्त मागअनुसार…
Read More
ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख राजस्व संकलन

ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख राजस्व संकलन

जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु १६ लाख बढी राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि माघ मसान्तमा १६ लाख छ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका २ हजार तीन सय ३९ सवारीमाथि कारबाही गरी सो राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख अम्बर गुरुङले जानकारी दिए । हाल सम्म ट्रक/ट्याङ्कर चार सय २२, बस मिनिबस दुई सय ३७, जिप/कार/भ्यान चार सय ८०, ट्याक्टर दुई सय १०, मोटरसाइकल नौं सय ५३ र…
Read More
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा छिट्टै काम सुरु हुने उनले बताए । पन्ध्र दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डकर्मी तालिम दिएर स्थानीय युवालाई सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । उनका अनुसार भेरी नगरपालिका १ पिपेमा १०, नलगाड ३, ७ र…
Read More
भूकम्पले बस्ती भासिए, पीडित परिवारको जङगलमै बास

भूकम्पले बस्ती भासिए, पीडित परिवारको जङगलमै बास

रुकुम पश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पको कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. ११ का दुई बस्ती भासिएका छन । २५ घरधुरी रहेको मङग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । अहिले मङग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावितहरु अझैसम्म घर फर्केर बस्न सकेका छैनन् । उनीहरु नजिकैको जङगलको बिचमा रातदिन काटिरहेका छन् । सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाईला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाईते समेत भएका उनले सिमपाखाको भूभाग भासिएको…
Read More
कर्णाली प्रदेशसभाको ६ वर्ष : सुस्त र कमजोर कार्यसम्पादन

कर्णाली प्रदेशसभाको ६ वर्ष : सुस्त र कमजोर कार्यसम्पादन

सुर्खेत । ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले सर्वसम्मत रुपमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकेको थियो । त्यतिबेला सत्तापक्ष र विपक्षी दलका नेताले प्रदेशसभाको रोष्ट्रममा उभिएर ‘कर्णालीको विपक्षी, यहाँको रोग, भोग र गरिबी हो’ भन्दै यसका विरुद्ध एक भई लड्ने उद्घोष गरेका थिए । प्रदेश सभाको सुरुवाती परिदृष्यले कर्णालीबासीमा उत्साह थपेको थियो । केन्द्र सरकारको नजर नपरिरहेको कर्णालीमा नजिकै प्रदेश सरकार आएपछि यहाँका बासिन्दाले आफूहरुको विकासको चाहना पूरा हुने आशा गरेका…
Read More
जाजरकोटका उच्च क्षेत्रमा हिमपात : हिउँदेबालिलाई राहत, भूकम्प पीडितलाई सास्ती

जाजरकोटका उच्च क्षेत्रमा हिमपात : हिउँदेबालिलाई राहत, भूकम्प पीडितलाई सास्ती

जाजरकोट । जाजरकोटका उच्च भू-भागमा विहिबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलंगा सहित जिल्लाभर पानी परिरहेको छ भने जिल्लाको बारेकोट, कुशे, जुनिचाँदेका उच्च भू-भागहरुमा करिब आधा फिट हिउँ जमेको छ । हिमपात भएपछि हिउँदे बाली लगायर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन । ढिलागरी भएपनि हिमपात भएपछि किसानहरूलाइ राहत भएको बारेकोट गाउँपालिमा-४ का स्थानीय बासिन्दा लोकेन्द्र सिंहले बताए । यो वर्षकै हिउँदेयामको पहिलो हिमपात हो । विभिन्न क्षेत्रमा अहिले हिमपात जारी छ । माघ महिना सकिन लाग्दा पनि हिउँ नपरेपछि खडेरी…
Read More
जाजरकोटको एउटै वडाका २० जना पुरुष जेलमा

जाजरकोटको एउटै वडाका २० जना पुरुष जेलमा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ९ का २० जना पुरुष जेलमा छन । अफिम खेती तथा ओसारपसार सम्बन्धी कसुरमा नलगाड ९ घोरेङ्गा, बाँसकोट र ताँत्रा गाउँका गरि २० पुरुष जेल परेका हुन । आर्थिक प्रलोभनमा एक अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा जेल उनिहरुलाई ३ वर्षदेखि १० वर्ष सम्मको कैद सजाय तोकिएको छ । जसमा १२ जना भारतीय कारागार र पाँचजना जाजरकोट कारागारमा छन् । यस्तै, सुर्खेत, बाँके र काठमाडौं कारागारमा एक/एकजना रहेका छन् । मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको विचल्ली भएको छ । धन कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपांगता भएका…
Read More
जाजरकोट भुकम्प : अझै तयार भएन आवास निर्माणको खाका

जाजरकोट भुकम्प : अझै तयार भएन आवास निर्माणको खाका

जाजरकोट । १७ कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प १७ माघमा ३ महिना पुग्दैछ । उक्त विनासकारी भूकम्पले ६५ हजारभन्दा बढी घरहरुमा बस्न नमिल्ने गरी क्षति भएको अवस्था छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि झण्डै ३ तिहाइ नागरिक त्रिपालको बासमा कष्टकर जीवन बिताइ रहेका छन । भूकम्प प्रभावित क्षेत्र जाजकोट र रुकुमपश्चिममा सरकारको कमजोर उपस्थितिले पीडिन नागरिकले अस्थायी घर पाउने अवस्था थप पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झञ्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास पाउने विषय अन्यौल बन्दै जान थालेको छ । भूकम्पपछिको पुनर्निर्माणमा स्थानीय सरकार मात्र कमजोर बनेको छैन, संघीय…
Read More
डक्टरी पढ्न कर्णाली आउँछन भारतीय विद्यार्थी

डक्टरी पढ्न कर्णाली आउँछन भारतीय विद्यार्थी

सुर्खेत । कनकासुन्दरी गाउँपालिका–२ का जंगबहादुर रोकाया दस बर्ष अघिको कर्णालीको स्वास्थ्य अवस्था सम्झिँदा निकै भक्कानिन्छन् । कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैँले सेवा लिएका छन् भने औषधि अभावले सामान्य बिरामीले समेत अकालमा ज्यान गुमाएको देखेका छन् । सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्‍याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो ।यतिसम्म कि मरेको शव पोर्ष्टमार्टमका लागि समेत दोहोरो भाडा तिरिदिएर नेपालगञ्जबाट डाक्टर झिकाउनुपर्थ्यो । स्वास्थ्य शिक्षा त झन् परको विषय थियो । आफ्नै गाउँका दर्जन बढी सामान्य चोटपटक लागेका बिरामी महँगो खर्च जुटाएर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाउनु परेको तितो यथार्थ उनले भोगेका छन् ।…
Read More
भ्रष्टाचारको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचारको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो । आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध आजै आरोपपत्र दायर गरेको छ । अभियुक्तहरूले खुद्रा मूल्यभन्दा दुई गुणा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search