Karnali Aawaj

Advertisement
Advertisement

बैंकका कर्मचारीले हिनामिना गरेको झन्डै ७० लाख पीडितलाई फिर्ता

Advertisement

रूकुम पश्चिम । रूकुम पश्चिमको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेकोमध्ये झन्डै ७० लाख रकम बैंकले फिर्ता गरेको छ ।

बैंकको आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज निरजविक्रम शाहले हिनामिना गरेकोमध्ये ७० लाख जति रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले बताए ।

‘हामीले प्रारम्भिक अनुसन्धान गर्दा पीडित देखिन आएका १४ जनाको ७० लाख जति रकम बैंकले फिर्ता गरिरहेको छ,’ तिमिल्सिनाले भने, ‘अब हामीकहाँ रेकर्ड रहेका थप पीडितको विवरण उपलब्ध छैन अब थप निवेदन आए भने हेरौंला के हुन्छ।’

आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज शाहले अन्य केही स्थानीयसँग रकम जम्मा गरिदिने भन्दै व्यक्तिगत रूपमा लिएको भनिएको पैसाबारे बैंक जवाफदेही हुन नसक्ने अर्का एक कर्मचारीले बताए । बैंकमा जम्मा भई अपचलन भएको बाहेक व्यक्ति विशेष जम्मा गरिदिनु भनेको भए पनि त्यस्ता पीडितलाई बैंकले पैसा फिर्ता गर्ने आधार नहुने उनले दाबी गरे।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा फरार शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी बैंकको तर्फबाट यसअघि नै परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले सेतोपाटीलाई बताएका थिए। शाहले धेरै बचतकर्तालाई विश्वासमा पारेर र नियबस झुक्याएर रकम बैंकमा जम्मा नगरी आफूसँगै राखेर फरार भएको अनुमान गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट पीडित देखिएकामध्ये १४ जना ग्राहकको रकम उनीहरूकै खातामा बैंक आफैंले आइतबार जम्मा गरिदिएको थियो । बैंकका अपरेसन इन्चार्ज शाहले बैंकका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्नुका साथै अन्य खातामा सारेको पाइएको छ।

आरोपित शाह हालसम्म फरार छन्। उनी छिमेकी देश भारतमा लुकीछिपी बसेको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search