Karnali Aawaj

Advertisement
Advertisement

Day: १५ फाल्गुन २०८० १९:२२

अखिल (क्रान्तिकारी) जाजरकोटको अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

अखिल (क्रान्तिकारी) जाजरकोटको अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा प्रदिप शर्मा चयन भएका छन । छेडागाड नगरपालिकाको थलह बजारमा मंगलबार सम्पन्न २० औं जिल्ला सम्मेलनले शर्माको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लाल बहादुर परियार, विनोद योगी र गणेश पहाडी तथा सचिव पूर्ण बहादुर थापा चयन भएका छन । त्यसैगरी सहसचिव गोविन्द शाही, धन बहादुर शाही र कल्पना शाही तथा कोषाध्यक्षमा चेतना गौतम चएन भएकी छन । सम्मेलनले संगठनको कार्यालय सचिवमा उन्नति विकलाई चयन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
Read More
कर्णाली प्रदेशको ७१ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिंचाइ सुविधा

कर्णाली प्रदेशको ७१ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिंचाइ सुविधा

सुर्खेत । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो । प्रदेशका ५७ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ । कर्णालीमा एक लाख २३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ जसमध्ये २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, तीन हजार…
Read More
शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

जाजरकोट । विरामी बोक्नका लागि खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिना देखि थन्किएको छ । इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र विरामी अवस्थामा एम्बुलेन्स थन्किएको हो । गाउँपालिकाले मर्मतका लागि चासो नदिदा एम्बुलेन्स थन्किएपछि विरामीलाई उपचार गर्न समस्या भएको छ । गाउँमा विरामी हुँदा गाडी नै नपाइने र पाइएपनि निजी जीपमा महंगो भाडा तिरेर अस्पताल लैजानु पर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिका बासीको गुनासो छ । एम्बुलेन्स विग्रेको चार महिना सम्म मर्मत नगर्नु जनप्रतिनिधी र कर्मचारीले लाप्रवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताए । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा वोक्न स्थानीय वाध्य भएका छन् । यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत…
Read More
‘जाजरकोट भूकम्प’ बाट क्षतिग्रस्त स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषणा

‘जाजरकोट भूकम्प’ बाट क्षतिग्रस्त स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले 'जाजरकोट भूकम्प' बाट प्रभावित स्थानीय तहहरुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका प्रभावित स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, त्यस भूकम्पबाट क्षतिग्रस्त गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’ उनका अनुसार मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको…
Read More
बैंकका कर्मचारीले हिनामिना गरेको झन्डै ७० लाख पीडितलाई फिर्ता

बैंकका कर्मचारीले हिनामिना गरेको झन्डै ७० लाख पीडितलाई फिर्ता

रूकुम पश्चिम । रूकुम पश्चिमको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेकोमध्ये झन्डै ७० लाख रकम बैंकले फिर्ता गरेको छ । बैंकको आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज निरजविक्रम शाहले हिनामिना गरेकोमध्ये ७० लाख जति रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले बताए । ‘हामीले प्रारम्भिक अनुसन्धान गर्दा पीडित देखिन आएका १४ जनाको ७० लाख जति रकम बैंकले फिर्ता गरिरहेको छ,’ तिमिल्सिनाले भने, ‘अब हामीकहाँ रेकर्ड रहेका थप पीडितको विवरण उपलब्ध छैन अब थप निवेदन आए भने हेरौंला के हुन्छ।’ आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज शाहले अन्य केही स्थानीयसँग रकम जम्मा गरिदिने भन्दै व्यक्तिगत रूपमा लिएको भनिएको पैसाबारे बैंक…
Read More
भेरी नगरपालिकाले बनायो स्थानीय विपद तथा जलवायु उत्थानशील योजना

भेरी नगरपालिकाले बनायो स्थानीय विपद तथा जलवायु उत्थानशील योजना

जाजरकोट । भेरी नगरपालिकाले स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण गरेको छ । पालिकाभित्र आइपर्ने विपद तथा जलवायु परिवर्तनका असरहरु न्युनिकरण गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण गरिएको हो । गोर्खा वेल्डफेयर ट्रष्ट नेपालको सहयोगमा नगरपालिकाले उक्त योजना निर्माण गरेको हो । बाढी पहिरो, आगलागी, चट्याङ लगायतका प्रकोपहरुबाट बच्ने उपाय, उद्धार तथा व्यवस्थापनमा नगरपालिकाले गर्ने क्रियाकलापहरुलाई योजनामा समेटिएको नगरप्रमुख सिपी घर्तीले जानकारी दिए । जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागितामा कार्यशाला गोष्ठीको आयोजना गरेर योजना निर्माणका लागि आवश्यक सुझाव समेत संकलन गरिएको नगरप्रमुख घर्तीले बताए । योजनामा विपदबाट हुने जोखिम न्युनिकरणका लागि आवश्यक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search