Karnali Aawaj

Advertisement
Advertisement

जिल्ला सदरमुकामै छैन बसपार्क

Advertisement

जाजरकोट । सदरमुकाम खलंगामा बसपार्क नहुदाँ गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । साँघुरो बस पार्कमा गाडी पार्किङ्ग गर्नुपर्ने समस्या भएको हो । जिल्लामा मोटरबाटो पुगेको १७ बर्ष पुगेको छ तर यातायातका साधन राख्ने ठाउँ समेत छैन । सदरमुकाम खलंगाको शान्तिचौतारामा साघुरो बसपार्क छ, त्यसमा बस खचाखच कोच्ने गरिएको छ । जाजरकोट डोल्पा सडकको जीरो प्वाइन्ट शान्तिचौतारा र तल्लोथाप्ले सडकमै यातायात पार्किङ्ग गरिदै आएको छ ।

फराकिलो तथा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई ठुलो समस्या भएको यातायात व्यवसायीको भनाई छ । गाडी राख्ने र मोड्नलाई फराकिलो ठाउँ नहुँदा गाडी चालकलाई समस्या परेको देखिन्छ । बसपार्क साँघुरो हुदाँ मोटर साइकल, जीप, एम्बुलेन्स, ट्रक, ठुला बस पास हुने ठाउँ छैन । बसपार्क बनाउने तर्फ कसैको ध्यान नगएको व्यवसायीको गुनासो छ । फराकिलो बस पार्कको अभाव हुदाँ यातायातका साधनहरु होटल, पसल तथा स्थानीयका घर अगाडी राख्दा स्थानीयलाई समस्या भएको छ ।

सडकमा बस पार्किङ्ग गर्ने गरिएको छ, यसले कुनै बेला दुर्घटना निम्त्याउने समस्या देखिएको स्थानीयको भनाई छ । यो बाध्यता कहिलेसम्म रहन्छ भन्ने थाहा नभएको उनीहरुको गुनासो छ । यातायातका साधनहरु बोरा, खरेखोला, शान्तिचौतारा, बागलुङ्ग होटेल, ठाँटीबजार, भेटनरीडाँडा, थाप्लेचौर, गैरीखाली, कारागार लगाएतका ठाउँमा पार्किङ्ग हुदै आएका छन् । घर अगाडी र सडक छेउमा राख्ने गर्दा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ । खलंगा भित्रको क्षेत्रमा बसपार्क बनाउने ठाउँ समेत छैन् ।

बसपार्क बनाउने तर्फ जिल्ला स्थित सरोकारवाला निकायको समेत ध्यान नपुगेको जाजरकोट यातायात व्यवसायी संघको भनाई छ । जिल्लामा भेरी गंगा यातायात, मध्यपश्चिम यातायात, काँक्रेविहार यातायात, भेरी राप्ती यातायात, वागेश्वरी यातायात लगाएत दर्जन बढी यातायात व्यवसायीका यातायात संचालनमा रहेका छन् । व्यवसायीले यातायातका साधन सडक छेउमा राख्दै आएका छन । बसपार्कमा १० भन्दा बढी बस राख्ने ठाउँ समेत छैन् ।

जिल्लामा साना ठुला गरी ३ सय भन्दा बढी यातायातका साधन संचालनमा रहेका छन । यातायातका साधन दिन प्रतिदिन बढ्दै गएका छन् । व्यवस्थित बस पार्क अभावमा राख्ने ठाउँ छैन । यता, खलंगामा व्यवस्थित वसपार्क निर्माणको प्रक्रिया शुरुवात भएको बर्षौ विते पनि अझै निर्माण हुन् सकिरहेको छैन् । खलंगा बजारमा वसपार्कको अभाव भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोलीले नयाँ बर्षपार्क थाप्लेमा निर्माण गर्ने निर्णय गरेको थियो । भेरी नगरपालिकाको पहलमा वसपार्क निर्माणको काम अगाडि बढेपनि बजेट अभावमा बसपार्क निर्माण स्थल अलपत्र परेको छ । जिल्लामा तीन सय भन्दा बढि संख्यामा सवारी साधनहरु भएतापनि तिनीहरुको पार्किङ्गको ब्यवस्था अझै हुन सकिरहेको छैन् । सदरमुकाम खलंगा बाट दैनिक दजर्न भन्दा बढी स्थानमा सवारी साधनहरु छुटने गर्छन् ।

अव्यवस्थित पार्किङले सास्ती

जिल्लाको सदरमुकाम खलंगा मै व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र खलंगा मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आएपनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।

सरकारी निकायको उदासीनता र सरोकारवाला निकायको लापरवाहीका कारण अव्यवस्थित हुँदै गएको स्थानीयको भनाइ छ । सदरमुकाम खलंगामा पार्किङ व्यवस्थित गर्न कोही पनि गम्भीर नदेखिएको स्थानीय युवा मोहन सिंहले बताए । “जटिल समस्याको रूपमा रहेको अव्यवस्थित पार्किङ कसले र कहिले समाधान गरिदिने होला, हामी प्रतीक्षामा छौँ ।

आधारभूत पूर्वाधारको रूपमा रहेको व्यवस्थित पार्किङ निर्माण हुन नसक्दा यहाँ बस्ने सर्वसाधारणको दैनिकी बेहाल बनेको छ ।” नयाँ घर बनाउनेहरुको सडकमा जथाभावी सरिया, सिमेन्ट र पाइपहरु फालेर निकै समस्या हुने गरेको छ । कतिपय ठाउँमा सडक मिचेरै संरचना समेत निर्माण गरिएको छ ।

यसले गर्दा आवातजावतमा सर्वसाधारणलाई समस्या भएको छ । सरोकावारवाला निकायहरुले चासो नदिदा गैरीखाली, थाप्ले, नयाँ बस्ती, शान्तिचौतारा सहितको सडकका छेउछाउमा जथाभावी फालिएका निर्माण सामाग्रीले सवारी साधनलाई आवतजावतमा समस्या हुने गरेको स्थानीयको भनाई छ । नगरपालिका र स्थानीय प्रशासनले यसको व्यवस्थापनका लागि कुनै चासो लिएको देखिदैन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search