Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

Advertisement

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ स्थित सीता मावि कार्कीजिउलामा सुरू भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

जिल्लाका ७ वटै स्थानीय तहहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि भेरी नगरपालिकाले जितेको छ । १० स्वर्ण, १२ रजत र २ कास्य सहित भेरी नगरपालिका प्रथम भएको हो । ७ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित नलगाड नगरपालिका द्वितिय भएको छ भने कुशे गाउँपालिकाले ६ स्वर्ण, २ रजत, ५ कास्य पदक जित्दै तेश्रो स्थान हात पारेको छ ।

त्यस्तै छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाले समान ३ स्वर्ण, ४ रजत, ४ कास्य पदक जितेका छन भने जुनिचाँदे गाउँपालिकाले १ स्वर्ण, २ रजत, ४ कास्य पदक जितेको छ । स्वर्ण पदक विहिन भएको प्रतियोगिताको व्यवस्थापक बारेकोट गाउँपालिकाले ४ रजत र ६ कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

यस अघि छेडागाड नगरपालिकाले लगातार उक्त प्रतियोगिताको उपाधि जितेको थियो ।

प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । विभिन्न ३० विधाका खेलहरू समावेश गरिएको प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्साहजनक प्रतिस्पर्धा गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

यस प्रतियोगिताले जिल्लामा खेलकुद विकास, प्रतिभा पहिचान तथा खेलाडीहरूको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

जिल्ला खेलकूद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी सहित सबै पालिकाका प्रतिनिधी, जिल्ला खेलकुद कार्यालयका प्रमुख जयप्रसाद आचार्य र स्थानीयहरूको समेत सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा उत्कृष्ट खेल प्रतिभा प्रदर्शन गर्ने खेलाडीहरू प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट गरिने अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search