Karnali Aawaj

Advertisement
Advertisement

विपद् जलवायु उत्थानशील पालिका बन्दै शिवालय

Advertisement

जाजरकोट । शिवालय गाउँपालिकालाई विपद् जलवायु उत्थानशील पालिका घोषणा गरिने भएको छ । सहयोगी हातहरुको समुह (सहास) नेपाल अन्तरगत पाइला परियोजनाको सहयोगमा पालिकालाई विपद् जलवायु उत्थानशील पालिका घोषणा गरिने भएको हो । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको शिवालय गाउँपालिकामा जलवायू परिवर्तन न्युनीकरणका लागि विभिन्न अनुकुलित कार्यक्रमहरु सञ्चालन भईरहेका छन ।

जलवायु परिवर्तनका कारण हुने असरहरुका विषयमा गाउँपालिका बासीहरुलाई सचेत गराउँदै जलवायू अनुकुलनमैत्री सूचकहरु पुरा गरेपछि विपद् जलवायू उत्थानशील पालिका घोषणा गरिने गाउँपालिका प्रवक्ता दिपक खड्काले बताए । उनले भने, ‘सरकार प्रतिबद्ध छ, जनताले दुःख पाउनु हुँदैन, जलवायू परिवर्तन न्यूनीकरणका लागि पालिकाले छिट्टै कार्यविधी बनाएर अघि बढ्नेछ ।’

जलवायु परिवर्तनले पार्ने असर र यसबाट बच्न सक्ने प्रयासका विषयमा यहाँका नागरिकहरु जानकार भएका भए हरेक विपद् बाट ठूलो क्षति बेर्होनुपर्ने अवस्था आउने थिएन । त्यसैले अहिले स्थानीय सरकार सचेतपूर्ण ढंगले लागि परेको प्रवक्ता खड्काले बताए ।

यसैगरी पछिल्लो समयमा जलवायु परिवर्तनका कारण अनियमित रुपमा वर्षा हुनु, स्वास्थ्यमा समस्या देखिनु, कृषि बालिमा रोग लाग्नु, छिटोछिटो हिउँ पग्लनु, चैत्र बैशाखमा फुल्ने लालीगुँरास पुस माघमै फुल्नु, लामो समयसम्म पानी नपर्नुले जनजीवन कष्टकर भएको साहास नेपाल पाइला परियोजना संयोजक मनिक्षा आचार्यले बताइन् । उनले भनिन्, ‘भू-क्षय हुने र स्वच्छ खानेपानीको अभाव हुने समस्याहरु पनि शिवालयमा देखिएका छन ।’

यसलाई न्यूनीकरण गर्दै कृषि अनुकुल प्रणालीको प्रयोग गर्ने, वैकल्पिक उर्जाको प्रयोग गर्ने, खेर गएको पानी संकलन र आकासे पानीको संकलन गरी त्यसलाई कृषिजन्य उत्पादनमा प्रयोग गर्ने र वनजंगलको संरक्षण गर्नुपर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।

अन्तरसंवाद कार्यक्रममा किशोरी रिता बुढाले जलवायू परिवर्तनका कारण बालवालिकाहरुमा पनि असर परेको बताइन । यस्तो अवस्थामा पनि स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै छिट्नै जलवायु उत्थानशिल पालिका बनाउन तर्फ लाग्न सरकारका प्रतिनिधिहरुसँग उनले माग गरिन । अबका दिनमा विपदले निम्त्याउने हरेक जोखिमहरुसँग शिवालयवासीहरु सहज रुपमा जुध्नतर्फ जुट्नुपर्ने सरोकारवालाहरुको माग छ ।

गाउँमा परम्परागत चुलोलाई त्यागेर नयाँ आधुनिक चुलो वितरण गरिएको छ । पाईला परियोजनाले शिवालय गाउँपालिकामा वैकल्पिक उर्जा वितरण, पोखरी निर्माण, कृषक समुह, किशोरी समुह निर्माण गरी जलवायू परिवर्तनका बारेमा सचेतिकरणका कार्यक्रम समेत सञ्चालन गरेको परियोजनाका शिवालय प्रमुख हरी प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search