जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भुकम्प पीडितहरुका लागि निर्माण गरिएका २ सयवटा अस्थायी आवासहरु निर्माण गरि हस्तान्तरण गरिएको छ । नलगाड नगरपालिका वडा नं १ कल्पतमा ६३ वटा, भेरी नगरपालिका १ मैदे र कोल्चौरमा ७१ र आठबीसकोट नगरपालिकाको १३ र १४ मा गरि ६६ सहित जम्मा २ सयवटा अस्थायि आवास नगरपालिका र सम्वन्धित वडालाई लाई हस्तान्तरण गरिएको हो ।
कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मन र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारिमा संचालित भूकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरगत उक्त अस्थायी आवासहरु निर्माण सम्पन्न गरिएका हुन । त्यस्तै जाजरकोटको नलगाडमा ३ वटा, भेरीमा १ वटा र आठबीसकोटमा ३ वटा गरि ७ वटा अस्थायी सिकाई केन्द्र पनि विद्यालयलाई हस्तान्तरन गरिएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक ऋषिराज आचार्यले नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावत र वडाध्यक्ष धन वहादुर महरलाई हस्तान्तरण गरेका हुन । आठविसकोट नगरपािलकाका नगरप्रमुख रवि केसीलाई कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्मा, सीआरएस नेपालका कार्यक्रम व्यवस्थापक अरुण शर्मा, यूवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटका अध्यक्ष अमरसिंह राठौरले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
भूकम्पबाट अति प्रभावित नलगाड १ कल्पतमा अस्थायी आवासको स्थलगत अनुगमन गर्नुका साथै आवासहरु हस्तान्तरन गरिएको हो । अनुगमनका क्रममा अस्थायी आवास स्थानीय स्रोत शाधन र वातावरन अनुकुलको भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । २ वटा सुत्ने कोठा, भान्सा, र वरन्डा सहित भएको यि आवासहरु ८,१० वर्ष ढुक्क सँग बस्न मिल्ने भएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।
त्यस्तै नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले संस्थावाट निर्माण गरिएका घरहरु अस्थायी आवास भन्दा पनि स्थायि प्रकृतिकै रुपमा समेत उपयोग गर्न मिल्ने रहेका बताए । नलगाड नगरपालिकाका नगरप्रमुख रबी केसीले संस्थावाट निर्माण गरिएका आवासहरुको डिजाइन तथा निर्माण निकै राम्रा रहेकाले आफुहरुलाई जनताले संस्थावाट निर्माण गर्नका लागि माग गरिरहेको बताए ।
हस्तान्तरणका साथै परियोजनाले यस अवधि सम्म गरेका कार्यक्रम र गरिएको खर्चको समेत जनलेखा परिक्षण गरिएको थियो ।




