Karnali Aawaj

Advertisement
Advertisement

यी हुन् पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

Advertisement

उसो त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकोले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ ।

यस्तोमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ ।

१. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ

पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न जान राम्रो ठाउँ रोज्न सहयोग गर्न सक्छन् ।

२. उनीहरू सिर्जनशील हुन्छन्

लेखनी पेसा भएका कारण सिर्जनशीलता उनीहरूको अर्को गुण हो । यद्यपि, उक्त सिर्जनशीलता समाचार, फिचर लेखनीमात्र नभई कतै तपाईंलाई सुन्दर प्रेम पत्र वा भावानुव्यक्तिमा समेत आउन सक्छ ।

३. गफिनका लागि उपयुक्त व्यक्ति

वाककलामा पोख्त पत्रकारहरूसँगको कुराकानी तथा गफगाफ निकै रोचक र अन्त्यहीन हुनसक्छ ।

४. पैसा दोस्रो प्राथमकितामा

पैसा कमाउने पेसाको रूपमा पत्रकारितालाई बुझ्नु गलत हुन्छ । पैसामुखी व्यक्तित्वहरू पत्रकारितामा लाग्दैलाग्दैनन् । यसकारण पनि उनीहरूको लागि पैसा प्राथमिकताको दोस्रो श्रेणीमा आउँछ । जसकारण तपाईंलाई उनीहरूले प्राथमिकताको लिस्टमा पैसाभन्दा माथि नै राख्ने छन् ।

५. भरोसायोग्य

विश्वास अनि भरोसा पत्रकारको प्रमुख गुण हुन् । महत्वपूर्ण जानकारीका रेकर्ड राख्नेदेखि स्रोतको विश्वास उनीहरूले जितेका हुन्छन् । पत्रकारसँग डेट गर्नुहुन्छ भने उनीहरू तपाईंका रहस्यहरू गोप्य राख्न भरोसायोग्य पात्र हुनसक्छन् ।

६. ‘मल्टिटास्क’मा पोख्त

कहिले नसकिने डेडलाइन, फोन कलमार्फत अनवरत कुराकानीसँगै जानकारी टाइप गर्नेदेखि प्रेसरयुक्त वातावरणमा पनि पत्रकार काम गर्न सक्छन् । जसको कारण उनीहरूमा मल्टिटास्कको क्षमता विकास भएको हुन्छ । उक्त प्रवृतिकै कारण उनीहरू आफ्ना काम अनि सम्बन्धलाई पनि उचित समय व्यवस्थापन गर्न सक्छन् । दिनभरको थकित कामपश्चात पनि उनी आफ्ना प्रियलाई माया प्रकट गर्न बिर्सिंदैनन् ।

७. उनीहरू तपाईंलाई ‘स्पेस’ दिन्छन्

पत्रकारहरूलाई स(साना विषयमा झगडा, तर्क गर्ने समय हुँदैन । दैनिकचर्याको लेखाजोखा पनि उनीहरूले तपाईंबाट लिँदैनन् । जसकारण तपाईंलाई आफ्नो ‘स्पेस’ दिन्छन् । र, सोही प्रकारको व्यवहार आफ्नो लागि पनि अपेक्षा गर्छन् ।

८. उनीहरू मेहेनती हुन्छन्

पत्रकार हुनु सजिलो छैन । उनीहरू मेहेनती र सहनशील हुन्छन् । पब्लिक रेलिसन बनाउनेदेखि समाचारको लागि स्रोतसँगको समय बिहान, दिउँसो, साँझ जुनसुकै समय पनि उनीहरू तयार रहन्छन् । अल्छीपना उनीहरूमा हुन्न । सही समयमा सही जानकारी र कामको हेक्का उनीहरूलाई हुन्छ । सोही नियम उनीहरूको दैनिक जीवन तथा सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध सुमधुर बनाउन पनि उनीहरू उत्तिकै मेहेनत गर्छन् ।

९. राम्रो वाचकमात्र नभई कुशल श्रोता पनि

पत्रकारसँग सुनाउन र बताउनको लागि निकै रोचक किस्साहरू हुन्छन् । गफिनेसँगै उनीहरू कुशल श्रोता पनि हुन्छन् । उनीहरू ध्यान दिएर तपाईंहरूलाई सुन्छन्, जुन एउटा सम्बन्धका लागि अत्यन्त आवश्यक हुन्छ । यसका साथै, उनीहरूले स–सानो हिन्टबाट पनि तपाईका धेरै कुरा बुझिहाल्छन् ।

१०. उनीहरू सहयोगी हुन्छन्

उनीहरू सहयोगी स्वभावका हुन्छन् । चाहे त्यो कम चिनजान वा थोरै मात्र सामिप्यता भएकै किन नहोस् । उनीहरूले चिनेजानेको स्रोत तथा समुदायबाट तपाईंलाई सहयोग गर्न कुनै कसर छोड्दैनन् ।

११. ‘फ्रि टिकट’को सुविधा

पत्रकारहरूलाई कम्पिलिमेन्टरी टिकट मिल्ने गर्दछ । यदि तपाईंलाई कतै जानु छ, नाटक हेर्नु छ, घुम्नु छ भने ‘फ्रि टिकट’ को व्यवस्था उनीहरूले गर्न सक्छन् । – स्टोरीपिकबाट अनूवादित

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search