
जाजरकोट । नेकपा एमाले जाजरकोटको सचिव पदमा युवा नेता नरबहादुर बस्नेत (एनबि) ले उम्मेदवारी दिएका छन । सदरमुकाम खलंगामा जारी ७ औं अधिवेशनमा युवानेता बस्नेतले सचिव पदमा उम्मेदवारी दिएका हुन ।
आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनको बन्दशत्रमा आगामी नेतृत्वका लागि मनोनयन दर्ताको काम सकिएको छ । अनेरास्ववियुको अध्यक्ष हुँदै सानै उमेरदेखि एमालेको राजनीतिमा होमिएका बस्नेतले माओवादीको सशस्त्र द्धन्दको समयमा पार्टी बचाउन उल्लेखनिय भूमिका निर्वाह गरेका थिए ।
‘अप्ठ्यारो समयमा पार्टी जोगउन आफ्नो ज्यानको प्रवाह नगरी पार्टीकाममा लागियो, नेता बस्नेत भन्छन, तीनै कामको मूलयांकन गर्दै पार्टीका आम नेता कार्यकर्तामा माग बमोजिम सचिवमा उम्मेदवारी दिएको छु ।’ हाल पार्टीको उपसचिवको जिम्मेवारीमा रहेका उनले आफ्नो उम्मेदवारी उचित र स्वभाविक रहेको बताए । ‘मैले अग्रज नेताहरुलाई आजसम्म नेतृत्वको लागि अवसर दिएको छु नेता बस्नेतले भने, अवपनि सहकर्मीहरुलाई आफु संगै राखेर र युवा पुस्तालाई उचित जिम्मेवारी दिने गरी काम गर्नेछु ।’
बस्नेत संगै सचिव पदमा गोपाल नेपालीले पनि उम्मेदवारी दिएका छन । बस्नेतको पक्षबाट अध्यक्षमा नरेन्द्र कुमार शाही, उपाध्यक्षमा मोति ओली, तथा उपसचिवमा तप्त हमाल र हरिकला जैसीले उम्मेदवारी दिएको एमालेले जनाएको छ ।




