
जाजरकोट । नेकपा एमाले जाजरकोटको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ । जिल्ला सदरमुकाम खलंगामा आइतबारदेखि सुरु भएको ७ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि गरिएको सहमतिको प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो ।
नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष खिमबहादुर शाही र युवा नेता नरेन्द्र कुमार शाहीले छुट्टाछुट्टै प्यानल खडा गरेर निर्वाचन लड्ने भएका छन ।
खिमबहादुर शाही नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विश्वविक्रम शाह, सचिवमा गोपाल नेपाली, उपसचिवमा भक्तबहादुर बस्नेत र सुनिता बोहरा रहेका छन भने नरेन्द्र कुमार शाही नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोति ओली, सचिवमा नरबाहदुर बस्नेत (एनवि), उपसचिवमा तप्त बहादुर हमाल र हरिकला जैसी चुवानी मैदानमा छन ।




