Karnali Aawaj

Advertisement
Advertisement

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित

Advertisement

जाजरकोट । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचित शाहीले १९४ प्राप्त गर्दा पराजित भएका शाहीले १८६ मत पाएका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन । शाहले १८२ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी मोतिलाल ओलीले १७५ मत प्राप्त गरेका गरे । त्यसैगरी सचिवमा १८८ मत प्राप्त गरी गोपाल बहादुर नेपाली निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एनबी) लाई १७ मत अन्तरले पछि पार्दै नेपाली विजयी भएका हुन । बस्नेतले १७१ मत प्राप्त गरेका छन ।

उपसचिवमा तप्तबहादुर हमाल विजयी भएका छन । उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन । हमालले १८१ मत प्राप्त गर्दा बस्नेतले १५७ मत प्राप्त गरेका छन ।

महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन । उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन । बोहराले १९३ मत प्राप्त गर्दा जैसीले १५१ मत प्राप्त गरिन ।

पदाधिकारीहरुको मत गणना सकिएको र हअिले सदस्यहरुको मत गणना भईरहेको निर्वाचन कमिटीले जनाएको छ । एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ४०४ प्रतिनिधी छनौट भएका थिए । त्यसमध्ये ३९७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search