Karnali Aawaj

Advertisement
Advertisement

अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग

Advertisement

जाजरकोट । भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् ।

गैर आवासिय नेपाली एसोसिएन एनसीसी अष्ट्रिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रिया इनास अष्ट्रिया र नेसास अष्ट्रेलियामा आबद्ध नेपालीहरुले जाजरकोटका भूकम्प पीडित बालबालिकाहरुको लागि आफ्नो खाना तथा खाजा खर्च कटाएर ४ लाख ७७ हजार नगद सहयोग गरेका हुन् ।

पत्रकार सुरेन्द्र सुमनको समन्वयमा भूकम्प पीडित बालबालिकाहरुको पठन पाठन गर्ने वातावरण प्रभावकारी होस् हेतुले दुर्गम गाउँमा सहयोग गरेको एनआरएन अष्ट्रियाका अध्यक्ष ध्रुव पौडेलले बताए ।

गएको कार्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडामा केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानीय तहमा व्यापक धनजनको क्षति गरेको थियो । ‘नेपाली दाजु भाईको पीडामा थोरै भए पनि हाम्रो मलम लगाउने सानो प्रयास हो ।’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो प्रयासलाई सार्थक बनाउन विद्यालय परिवारले सहयोग रकमको सही सदुपयोग गरिदिए पुग्छ ।’

बालबालिकाहरु अहिले टहरा र अस्थायी आवासमा बसेर पढ्न बाध्य छन् । भौगोलिक रुपले पछाडि परेको अनि राज्यले वेवास्ता गरेको दुर्गम स्थानमा सहयोग गर्ने चारवटै संस्थाहरुको उच्च प्रशंसा गरेको पत्रकार सुमनले बताए । विद्यालयले प्राप्त सहयोग रकमलाई अधिकतम सदुपयोग गरी बालबालिकाहरुको लागि कक्षाकोठामा अत्याआवश्यक सामाग्री वा संरचना बनाउनुपर्ने उनको सुझाव छ ।

‘वडा नम्बर ४ कै पुरानो विद्यालय भए पनि भौतिक पूर्वाधार तथा शिक्षकहरुको अभावमा माध्यमिक तह संचालनमा समेत कठिनाइ हुदै आएको छ । भूकम्प पीडित बालबालिकाहरु अहिले पनि पालमा बसेर पढ्नुपर्ने अवस्था छ’ । विद्यालयका प्रधानाध्यापक खडग रावतले भने ‘यस रकमले भूकम्प पीडित बालबालिकाहरुको पठन पाठन कार्यमा सहज बनाउन आवश्यक भौतिक संरचना तथा फर्निचर निर्माण गर्नेछौं ।’

बुधबार आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष विष्णु रावत विव्यस अध्यक्ष गोपाल रावत, पत्रकार सुरेन्द्र सुमन फोटोग्राफर, युटुबर सन्तोष सिंहको समेत उपस्थिति रहेको थियो ।

सहयोगी संस्थाहरुलाई विद्यालयले प्रदान गरेको गरेको सम्मान पत्र संस्थाको तर्फबाट पत्रकार सुमनले ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search