Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट

भूमि आयोग जाजरकोटले गर्याे नलगाड र शिवालयमा निस्सा वितरण

भूमि आयोग जाजरकोटले गर्याे नलगाड र शिवालयमा निस्सा वितरण

जाजरकोट । राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म भएका काम सार्वजनिक गरेको छ । समितिले सदरमुकाम खलंगामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म भएका प्रगति सार्वजनिक गरेको हो । जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कामको लगत संकलन भएको जानकारी दिए । हालसम्म जिल्लामा भूमिहीन दलित १४८ जना, सुकुम्वासी ५६ जना, अव्यवस्थित बसोबासी ६ हजार ४२ जना गरी कुल छ हजार २ सय ४६ जना रहेका छन् । अध्यक्ष रावतका अनुसार, बारेकोट गाउँपालिकामा भूमिहीन दलित १३, भूमिहीन सुकुम्बासी छ र अव्यवस्थित बसोबासी ४ सय छ जनाको लगत संकलन गरिएको छ…
Read More
भेरी ९ का ४० बालबालिकालाई मोतिरामको स्टेशनरी सहयोग

भेरी ९ का ४० बालबालिकालाई मोतिरामको स्टेशनरी सहयोग

जाजरकोट । भेरी नगरपालिका ९ लामाकाटियाँका मोतिराम न्यौपानेले वडा भित्रका ४० जना विपन्न बालबालिकाहरुलाई स्टेशनरी समान सहयोग गरेका छन । नेपाली कांग्रेसका भेरी नगर कार्यसमितिका सचिव समेत रहेका न्यौपानेले आज (चेत ३) आफ्नो जन्मदिनको अवसर पारेर भेरी नगरपालिका ९ स्थित दीपेन्द्र मावि, नेरा आवि, शिवशक्ती आवि र सुर्यज्योती आविका १०।१० जना बालबालिकालाई कापी र कलम सहयोग गरेका हुन । वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने गरीब, तथा विपन्न परिवारका ४० जना बालबालिकालाई १० हजार बराबरको स्टेशनरी सामग्री व्यक्तिगत रुपमा सहयोग गरेको न्यौपानेले बताए । आफू बैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहेकोले उक्त सामग्री श्रीमती गिता न्यौपानेले विद्यालयहरुमै पुगेर हस्तान्तर गरेको न्यौपानेले…
Read More
जाजरकोटका नविन शाहीसहित रुसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु

जाजरकोटका नविन शाहीसहित रुसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु

जाजरकोट । रुसी सेनामा कार्यरत जाजरकोटका नविन शाहीसहित ७ जना नेपालीको मृत्यु भएको छ । जाजरकोटको शिवालय गाउँपालिकाका शाहीसहित रूसी सेनामा भर्ती भएका ७ जना नेपालीहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्युहुनेमा जाजरकोटका नविन शाही, बाँकेका संजय केसी, बागलुङका जित बहादुर विक, धादिङ्गका पूर्ण बहादुर गुरुङ, रसुवाका सुन्दर मोक्तान, उदयपुरका पदम बहादुर घिमिरे र झापाका गंगाराम अधिकारी रहेका छन । मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य देशको सेनामा नेपाली नागरीक भर्ती हुन नपाइने प्रावधान रहेकोले स्वदेश फर्काउन कूटनीतिक प्रयास भएरहेका बेला रुसमा थप नेपाली नागरिकको निधन भएको प्रति सरकारले दुख व्यक्त गरेको छ । सरकारले ज्यान…
Read More
एमाले जाजरकोटले तोक्यो जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले जाजरकोटले तोक्यो जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

जाजरकोट । नेकपा एमाले जाजरकोटले जिल्ला कमिटीको अधिवेशनको मिति तोकेको छ । जिल्ला सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १२ औं पूर्ण बैठकले चैत्र २५, २६ र २७ गते खलंगामा जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । पार्टीका पोलिटब्यूरो सदस्य एवं जिल्ला ईन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह लगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले पार्टीको ७ औं जिल्ला अधिवेशनको मिति तय गरेको प्रचार विभाग प्रमुख समेत रहेका उपसचिव नरबहादुर बस्नेत (एनबि) ले बताए । बस्नेतका अनुसार अधिवेशनमा भुगोल, समावेशी र जनसंगठनबाट प्रतिनिधित्व हुने गरी करिव ४ सय प्रतिनिधि सहभागी हुनेछन । अधिवेशनको उद्घाटन…
Read More
अन्तर्राष्ट्रिय महिला दिवस : भेरी नगरपालिकामा विचार गोष्ठी सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवस : भेरी नगरपालिकामा विचार गोष्ठी सम्पन्न

जाजरकोट । भेरी नगरपालिकामा लैङ्गकि हिंसा र महिला सशक्तीकरणका विषयमा विचार गोष्ठी सम्पन्न भएको छ । विभिन्न संघ संस्थाहरुको साझेदारीमा भेरी नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उक्त विचार गोष्ठी सम्पन्न गरेको हो । नगरपालिकाको सभाहलमा सम्पन्न विचार गोष्ठीमा लैङ्गिक हिंसा र महिला सशक्तीकरणका विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाहरुको वर्तमान अवस्था र लैङ्गिक विभेद अन्त्यका लागि सरोकारवालाहरुको भूमिकाका विषयमा छलफल गरिएको थियो । दिवस मुलसमारोह समितिका संयोजक, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, सुरक्षा निकाय, विभिन्न संघ…
Read More
महिला हिंसा न्यूनीकरणका लागि अनेमसंघ जाजरकोटले बुझायो ज्ञापनपत्र

महिला हिंसा न्यूनीकरणका लागि अनेमसंघ जाजरकोटले बुझायो ज्ञापनपत्र

जाजरकोट । अखिल नेपाल महिला संघ, जाजरकोटले महिला हिंसा न्यूनीकरणका लागि ज्ञापनपत्र बुझाएको छ ।आज ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनेमसंघ, जाजरकोटले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई हिंसा न्यूनीकरणको माग सहित ज्ञापनपत्र बुझाएको हो । केन्द्रीय सर्कुलर बमोजिम संघका जिल्ला अध्यक्ष सुनिता बोहराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई ज्ञापनपत्र बुझाईएको अनेमसंघ जाजरकोटले जनाएको छ । ज्ञापनपत्र बुझाउनुका साथै दिवसका अवसरमा जिल्ला पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको अध्यक्ष सुनिता बोहराले जानकारी दिइन । उक्त कार्यक्रममा अनेमसंघको जिल्ला पदाधिकारी सहित पार्टी प्रदेश कमिटी सदस्य देवि नेपाली, जिल्ला कमिटी उपसचिवद्वय नरबहादुर बस्नेत र गोपाल नेपाली…
Read More
भेरी नगरपालिकाले स्थापना गर्याे स्थानीय आपतकालिन केन्द्र

भेरी नगरपालिकाले स्थापना गर्याे स्थानीय आपतकालिन केन्द्र

जाजरकोट । भेरी नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको छ । गोर्खा वेल्फेर ट्रष्ट, नेपालको सहयोगमा नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको हो । थाप्लेचौर स्थित नगरपालिकाको प्रशासनिक भवनको तल्लो तलामा केन्द्रको स्थापना गरिएको नगरप्रमुख सिपी घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार गोर्खा वेल्फेर ट्रष्ट, नेपालले आपतकालिन अवस्थामा आवश्यक विभिन्न सामाग्रीहरु समेत सहयोग गरेको छ । ट्रष्टले बाढी, पहिरो, आगलागी लगायतका प्रकोपहरुको उद्धारमा काम लाग्ने करीब ५ लाख बराबरको समान नगरपालिकालाई हस्तान्तरण गरेको छ । त्यस्तै ट्रष्टले नगर तथा वडा स्तरिय विपद व्यवस्थापन योजना समेत निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाका विभिन्न वडामा खानेपानी योजना लगायतका भौतिक…
Read More
भूकम्पपछि सहयोग गर्ने व्यक्ति तथा संस्थालाई भेरी नगरपालिकाको सम्मान

भूकम्पपछि सहयोग गर्ने व्यक्ति तथा संस्थालाई भेरी नगरपालिकाको सम्मान

जाजरकोट । भेरी नगरपालिकाले भूकम्पपछि सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने ९५ वटा संस्था तथा व्यक्तिलाई नगरपालिकाले सम्मान गरेको हो । भूकम्पपछि नगरपालिका भित्र योगदान पुर्याउने कर्णाली आवाज सहित जिल्लामा क्रियाशिल मिडिया, संस्था तथा व्यक्तिलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । अप्ठ्यारो परिस्थितिमा सहयोग गरेर अतुलनीय योगदान पुर्याउनु भएको छ, सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सिपी घर्तीले भने 'उहाँहरुको सहयोगको उच्च मुल्यांकन गर्दै यो सम्मान गरेका छौं ।' भूकम्प पछिको बाकी काम संगै विभिन्न समयमा आइपर्ने अन्य संकटहरुमा…
Read More
अखिल (क्रान्तिकारी) जाजरकोटको अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

अखिल (क्रान्तिकारी) जाजरकोटको अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा प्रदिप शर्मा चयन भएका छन । छेडागाड नगरपालिकाको थलह बजारमा मंगलबार सम्पन्न २० औं जिल्ला सम्मेलनले शर्माको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लाल बहादुर परियार, विनोद योगी र गणेश पहाडी तथा सचिव पूर्ण बहादुर थापा चयन भएका छन । त्यसैगरी सहसचिव गोविन्द शाही, धन बहादुर शाही र कल्पना शाही तथा कोषाध्यक्षमा चेतना गौतम चएन भएकी छन । सम्मेलनले संगठनको कार्यालय सचिवमा उन्नति विकलाई चयन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
Read More
शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

जाजरकोट । विरामी बोक्नका लागि खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिना देखि थन्किएको छ । इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र विरामी अवस्थामा एम्बुलेन्स थन्किएको हो । गाउँपालिकाले मर्मतका लागि चासो नदिदा एम्बुलेन्स थन्किएपछि विरामीलाई उपचार गर्न समस्या भएको छ । गाउँमा विरामी हुँदा गाडी नै नपाइने र पाइएपनि निजी जीपमा महंगो भाडा तिरेर अस्पताल लैजानु पर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिका बासीको गुनासो छ । एम्बुलेन्स विग्रेको चार महिना सम्म मर्मत नगर्नु जनप्रतिनिधी र कर्मचारीले लाप्रवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताए । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा वोक्न स्थानीय वाध्य भएका छन् । यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search