२३ फाल्गुन २०८० २२:११
२३ फाल्गुन २०८० २२:११
रुकुम पश्चिम । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले आयोजना गरेको मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जाजरकोट भेरी नगरपलिका ३ को त्रिभुवन मावि प्रथम भएको छ । रुकुमका कम्युनिष्ट संस्थापक नेता सहिद यदु गौतमको २५ औं स्मृतिमा अनेरास्ववियुद्धारा आयोजित मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन माविका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका हुन । प्रतियोगितामा रुकुम पश्चिमको हिमालय मावि खोलागाउँले द्धितीय स्थान हासिल गरेको छ भने, सल्यानको जनज्योति मावि फारुलाले तृतीय स्थान प्राप्त गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ खोलागाउँ स्थित हिमालय माविमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा राप्ती ज्ञानुदय मावि सिम्लि रुकुम पश्चिमकी हिरा कुसारी प्रथम भएकी छन । त्यस्तैगरी हिमालय मावि खोलागाउँका महेन्द्र…
