Karnali Aawaj

Advertisement
Advertisement

Day: ६ चैत्र २०८० १०:२०

एमालेले चैतभित्र कर्णालीका १० वटै जिल्ला अधिवेशन सक्ने

एमालेले चैतभित्र कर्णालीका १० वटै जिल्ला अधिवेशन सक्ने

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश अन्तरगतका जिल्लाहरुको अधिवेशन चैत महिनाभित्रै सम्पन्न गर्ने भएको छ । गत असोजमा प्रदेशको अधिवेशन सम्पन्न गरेको एमालेले चैत महिनाभित्र १० वटै जिल्लाका अधिवेशनहरु सम्पन्न गर्ने भएको हो । मुगु र दैलेख जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको र जुम्लाले चैत ६ गतेको बैठकबाट अधिवेशनको मिति तय गर्ने केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । केन्द्रीय सदस्य आचार्यका अनुसार एमाले सुर्खेतले यहि चैत्र ८,९ र १० जिल्ला अधिवेशन गर्ने भएको छ । त्यसैगरी रुकुमपश्चिमले चैत्र १६ र १७ जिल्ला अधिवेशन गर्ने छ भने सल्यानले चैत १८, १९ र २० तथा कालिकोटले चैत्र २१, २२ र २३ अधिवेशनको…
Read More
सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

सामुदायिक विद्यालयका शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा रोक्का गरिएको मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको राष्ट्रिय समाचार समिति ९रासस०ले जनाएको छ ।
Read More
अनेमसंघ भेरीको अध्यक्षमा बसुन्धरा नेपाली

अनेमसंघ भेरीको अध्यक्षमा बसुन्धरा नेपाली

जाजरकोट । अखिल नेपाल महिला संघ, भेरी नगर कमिटीको अध्यक्षमा बसुन्धरा नेपाली निर्वाचित भएकी छन । नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघ भेरी नगर कमिटीको मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा बसुन्धरा नेपालीलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा गिता रोकाय, सचिवमा अमृता विक, कोषाध्यक्षमा लक्ष्मी विक सहित १९ सदस्यीय नगर कमिटी चयन गरेको सचिव अमृता विकले जानकारी दिइन ।
Read More
बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते

बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते

बागलुङ । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट(१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका(२ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका(४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका(३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search