जाजरकोट । अखिल नेपाल महिला संघ, भेरी नगर कमिटीको अध्यक्षमा बसुन्धरा नेपाली निर्वाचित भएकी छन ।
नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघ भेरी नगर कमिटीको मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा बसुन्धरा नेपालीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा गिता रोकाय, सचिवमा अमृता विक, कोषाध्यक्षमा लक्ष्मी विक सहित १९ सदस्यीय नगर कमिटी चयन गरेको सचिव अमृता विकले जानकारी दिइन ।




