१९ चैत्र २०८० २१:२१
१९ चैत्र २०८० २१:२१
काठमाडौँ । प्रधानमन्त्र पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् । स्रोतका अनुसार उनले माओवादी कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरी गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीका एमाले उम्मेदवारलाई सहयोग र समर्थन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । संसद्बाट विश्वासको मत लिनेगरी संसद् सचिवालयमा पत्र प्राप्त भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कान्तिपुरसँग पुष्टि गरिसकेका छन् । ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीका लागि एमालेलाई समर्थन गर्न निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बिहानसम्म…
