Karnali Aawaj

Advertisement
Advertisement

अनेरास्ववियु कर्णालीको आयोजनामा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न

Advertisement

सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगिताको उपाधी प्रकाश जिसीले जितेका छन । सुर्खेत बहुमुखी क्याम्पस परिसरमा सम्पन्न प्रतियोगितामा जिसी प्रथम भएका हुन ।

४० जना सहभागीहरूका बीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा रबिन्द्र सापकोटा उपविजेता बनेको संगठनका प्रदेश कमिटी उपाध्यक्ष बिबस भारतीले जानकारी दिए । उपाध्यक्ष भारतीका अनुसार प्रतियोगितामा विजेता र उपविजेतालाई क्रमशः १० हजार र ५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

उपाध्यक्ष बिबस भारतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् कालिकोट जिल्ला इन्चार्ज नवराज रावत लगायतका नेताहरुको सहभागिता रहेको थियो । सुजुकी कर्णालीले प्रतियोगिताको सहआयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search