Karnali Aawaj

Advertisement
Advertisement

Day: २८ फाल्गुन २०८० १९:४८

अनेरास्ववियु कर्णालीको आयोजनामा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न

अनेरास्ववियु कर्णालीको आयोजनामा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न

सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगिताको उपाधी प्रकाश जिसीले जितेका छन । सुर्खेत बहुमुखी क्याम्पस परिसरमा सम्पन्न प्रतियोगितामा जिसी प्रथम भएका हुन । ४० जना सहभागीहरूका बीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा रबिन्द्र सापकोटा उपविजेता बनेको संगठनका प्रदेश कमिटी उपाध्यक्ष बिबस भारतीले जानकारी दिए । उपाध्यक्ष भारतीका अनुसार प्रतियोगितामा विजेता र उपविजेतालाई क्रमशः १० हजार र ५ हजार नगद सहित पुरस्कृत गरिएको छ । उपाध्यक्ष बिबस भारतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् कालिकोट जिल्ला इन्चार्ज नवराज रावत लगायतका नेताहरुको सहभागिता रहेको थियो । सुजुकी कर्णालीले प्रतियोगिताको सहआयोजना गरेको थियो ।
Read More
एमाले जाजरकोटले तोक्यो जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले जाजरकोटले तोक्यो जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

जाजरकोट । नेकपा एमाले जाजरकोटले जिल्ला कमिटीको अधिवेशनको मिति तोकेको छ । जिल्ला सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १२ औं पूर्ण बैठकले चैत्र २५, २६ र २७ गते खलंगामा जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । पार्टीका पोलिटब्यूरो सदस्य एवं जिल्ला ईन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह लगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले पार्टीको ७ औं जिल्ला अधिवेशनको मिति तय गरेको प्रचार विभाग प्रमुख समेत रहेका उपसचिव नरबहादुर बस्नेत (एनबि) ले बताए । बस्नेतका अनुसार अधिवेशनमा भुगोल, समावेशी र जनसंगठनबाट प्रतिनिधित्व हुने गरी करिव ४ सय प्रतिनिधि सहभागी हुनेछन । अधिवेशनको उद्घाटन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search