Karnali Aawaj

Advertisement
Advertisement

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

Advertisement

 काठमाडौँ । ‘नेपालमा मार्क्सवादका आधारमा जीवन दर्शन निर्धारण गर्दा ब्रम्हाणवाद सँग सङ्घर्ष गर्नु परेको’  माओवादी केन्द्रका नेता राम कार्कीले बताउनु भयो– ‘ब्रम्हाणवादको सिकार, नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्‍यो । त्यही संस्कारको आधारमा विभिन्न कम्युनिस्ट नेताहरूमाथि आक्रमण सुरु भयो । ब्रम्हाणवादको संस्कृति हाबी हुँदै जाँदा यस प्रकारको स्थिति सिर्जना भएको हो ।’

ज्ञानशाला अनुसन्धान केन्द्रले नयाँबजारस्थित आफ्नो कार्यालयमा आश्विन ७ गतेका दिन मार्क्सवाद र जीवन दर्शन विषयक अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले ‘बाम्हाणवादले जनसङ्ख्याको ठुलो हिस्सालाई अछुत बनायो । तर त्यसरी त्यो बनाउने वालाको पनि अमानवीय करण भएको’ बताउनु भयो । 

‘मार्क्सवादमाथि धेरै बहस र प्रश्न उठेपछि नै मार्क्सवादको अझ वैज्ञानिक रूपले विकास भएको’ बताउँदै नेता कार्कीले ‘मार्क्सवाद जस्तो आधुनिक विचार समाज तथा राजनीतिको विकृत संस्कृतिसँग जुध्न नसक्नु विडम्बनाको विषय हो ।’ बताउनुभयो – ‘पुँजीवादी नैतिकताले हुनेखाने वर्गको हितको मात्र प्रतिनिधित्व गर्दछ । नैतिकताको स्थायी स्वरूप हुँदैन । समय अनुसार नैतिकताको स्वरूप फेरिँदै जान्छ ।’

मार्क्सवादी नैतिकताको चर्चा गर्दै नेता कार्कीले ‘राम्रो के हो ? नराम्रो के हो ? यो कुराको बारेमा बारेमा मार्क्सले वर्गीय आधारमा विश्लेषण गर्दछ । हिँड्ने बाटो स्पष्ट हुनुपर्‍यो । जुन चिजले वर्गसंघर्षलाई बलियो बनाउँछ त्यो नै नैतिक हुन्छ । वर्गसंघर्षलाई कमजोर बनाउने चिज अनैतिक हुन्छ’ बताउनुभयो – ‘मार्क्सवादले न्याय र कानुनको शासनजस्ता खोक्रा नाराहरूलाई धर्मको रूपमा मान्दछ । त्यसको कुनै औचित्य छैन ।’

बुद्धको जीवन दर्शनमाथि चर्चा गर्दै नेता कार्कीले ‘बुद्धले आफैले म आस्तिक पनि होइन, नास्तिक होइन भनेका कारण अनैतिक भनियो, गौतमको ज्ञानको नेपालमा अपनत्व भएन । बुद्ध नेपालको भन्छौ तर उनका शिक्षालाई अपनाउन सकेनौँ ।’ बताउनुभयो – ‘बाम्हाणवादले बुद्धको शिक्षामाथि आक्रमण भयो । शङ्कराचार्य स्वयं आएर बुद्धको दर्शनमाथि आक्रमण गरे । बुद्धको अनुयायीहरूको हत्या भयो ।’

मार्क्सवाद वैज्ञानिक दर्शन भएका कारण अहिलेको सन्दर्भ तथा परिस्थिति अनुसार त्यसका साथै नयाँ पुस्ताको आवश्यकता र समाज तथा राजनीतिको विकल्प दिने गरी संस्कृतिको पूर्वगठित समेत गर्नु पर्ने नेता कार्कीले बताउनुभयो । 

समीर सिंहले सहजीकरण गर्नुभएको परिचर्चामा डा.चूडा ढकाल, डा.कौशिला रिसाल, भक्ति लामिछाने, गौतम न्यौपाने, हेमराज आश्रम लगायतले टिप्पणी गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search