Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

Advertisement

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन।

त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर विराटनगर किंग्समा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विदेशी खेलाडी छन्।

अघिल्लो सिजनमा विराटनगर किंग्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो।

पहिलो क्वालिफायरलमा सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि फाइनल खेल्न पाएन।

चितवन राइनोज अघिल्लो सिजनमा प्लेअफ नपुगी बाहिरिएको थियो। यसपालि चितवनमा सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडी छन्।

त्यसैगरी अपराह्न साढे ४ बजे हुने दोश्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग खेल्नेछ ।

जनकपुर पहिलो सिजनको विजेता हो। दोस्रो सिजनमा भने उ प्लेअफ नै नपुगी बाहिरिएको थियो।

जनकपुरमा मोइन अली, जिमी निसम र इफ्तिखार अहमदजस्ता विदेशी खेलाडी छन्। भने कर्णाली याक्समा डेभिड मिलर, साहिबजादा फरहान र हुसेन तलत लगायतका विदेशी खेलाडी छन्।

हिजोको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search