Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

Advertisement

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सूचक पूरा गरेपछि आइतबार एक समारोहबीच उक्त वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

वडा नं. ९ लाई भेरी नगरपालिकाको दोश्रो तथा जाजरकोट जिल्लाको नवौं बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ । यसअघि भेरी नगरपालिकाको ८ नं. वडालाई बालमैत्री घोषणा भइसकेको छ भने छेडागाड नगरपालिकाका वडा नं. ४, ११, १२ र १३, तथा कुशे गाउँपालिकाका वडा नं. १, ५ र ९ बालमैत्री घोषणा भइसकेका छन ।

बालमैत्री वडा घोषणा समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बालबालिकाको अधिकार सुनिश्चित नगरी स्थानीय विकास र समृद्धिको लक्ष्य पूरा गर्न नसकिने बताए । उनले नगरपालिकाले बालअधिकारका क्षेत्रमा लगानी केन्द्रित गर्न नीतिगत व्यवस्था गर्नुका साथै आवश्यक योजना तथा कार्यक्रम अघि बढाउँदै आएको बताए। नगरपालिकाका लागि बालमैत्री वडा घोषणा अभियान नयाँ अभ्यास र स्थानीय शासनलाई बालकेन्द्रित बनाउने महत्वपूर्ण कार्यक्रम भएको उनको भनाइ थियो। ‘वडा नं। ८ बाट सुरु भएको बालमैत्री वडा घोषणा अभियान वडा नं‍. ९ सम्म आइपुगेको छ।’ नगरप्रमुख घर्तीले भने, ‘यसलाई नगरपालिकाका १३ वटै वडामा विस्तार गर्ने योजना छ।’

बालमैत्री स्थानीय शासनको अभियानलाई संस्थागत बनाउन नगर कार्यपालिका, वडा समिति, विकास साझेदार संस्था, वडामा क्रियाशील सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको उनले बताए ।

बालमैत्री वडा घोषणा प्रक्रिया निश्चित संख्याका सूचक पूरा गर्ने औपचारिक अभ्यासमा मात्र सीमित नभई बालबालिकाको दैनिक जीवनका अधिकारको व्यवहारिक सुनिश्चिततासँग जोडिएको हुन्छ। शिक्षामा बालबालिकाको पहुँच र निरन्तरता, स्वास्थ्य तथा पोषण, बाल संरक्षण, हिंसा तथा विभेदबाट सुरक्षा, बाल सहभागिता र बालमैत्री सार्वजनिक संरचनाजस्ता पक्षलाई स्थानीय शासनको नियमित कार्यप्रणालीसँग जोडेर अघि बढाउनुपर्ने हुन्छ।

वडा नं. ९ ले घोषणा पूर्व विभिन्न सूचक पूरा गरेको भए पनि घोषणापछि ती उपलब्धिलाई निरन्तर कायम राख्नु अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ। बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको नियमित योजना, बजेट, अनुगमन र बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक हुने भएको छ।

घोषणा समारोहमा भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेना, विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि, नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रतिनिधि, नगर स्वास्थ्य शाखाका प्रतिनिधि, पाँचतारा युवा संरक्षक मञ्च, वर्ल्ड भिजन नेपाल नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नागरिक समाज तथा नगर बाल सञ्जालका प्रतिनिधिले शुभकामना दिएका थिए । साथै वडामा राजनीतिक दलका प्रतिनिधिले पनि बालमैत्री वडा घोषणा कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

बालमैत्री वडा घोषणा गर्न आवश्यक स्वास्थ्य तथा शिक्षासम्बन्धी सूचक पूरा गर्न योगदान गर्ने स्वास्थ्यकर्मी, शिक्षक तथा सम्बन्धित शाखालाई सम्मान गरिएको थियो। त्यस्तै बालमैत्री वडा घोषणा प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो। बालमैत्री वडा घोषणा कार्यक्रममा भेरी नगरपालिका ९ लाई नगरपालिकाका तर्फबाट दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी यस अघि बालमैत्री वडा घोषणा गरिसकेको वडा नं. ८ लाई नगरपालिकाका तर्फबाट सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं. ९ का विद्यालय तथा स्थानीय बासिन्दाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । वडा नं. ९ का अध्यक्ष हिराप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख चन्द्रप्रकाश घर्तीले व्यानर पढेर तथा पानसमा दीप प्रज्वलन गरी वडा नं. ९ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष शर्माले बालमैत्री वडा घोषणा प्रक्रिया सफल बनाउन संस्थागत तथा व्यक्तिगत रूपमा सहयोग गर्ने सबै पक्ष र कार्यक्रममा सहभागी स्थानीयवासीप्रति धन्यवाद दिएका थिए ।

बालमैत्री वडा घोषणाका लागि पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन नेपाल लगायतका विकास साझेदार संस्थाले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search