Karnali Aawaj

Advertisement
Advertisement

मेरी आमा र मेरो जन्मभूमि

Advertisement
* खगेश्वर ढकाल
पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् ।
कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि गनी नसक्नु म्वाइँ खान्थिन् । म ठुलो हुँदै गएर पलापिन थालेँ । आमा फकाइ फकाइ खाना खुवाउँथिन् । मेरी आमा मेरो मुहार देखेर दङ्ग पर्दै म्वाइँ खाइरहन्थिन् । मेरी माताको मैले ऋण तिरेर कहिल्यै सक्दिन होला ।
स्वर्ग भनेको कस्तो होला कस्तो कसैलाई थाहा छैन । मैले स्वर्ग देखेर आएँ भन्ने पनि कोही छैन । स्वर्ग वैकुण्ठ भनेको मातृभूमि नै हुन् । जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी । जब म स्कुल जान थालेँ म मेरी आमाको पाउमुनि दुई हत्केला राखेर शिरले दण्डवत् गर्थे। उहाँले मलाई मुरी मुरी आशीर्वाद दिनुहुन्थ्यो । मेरी आमाले मेरा बाबाको आँखा कान छलेर खल्तीमा पैसा राखिदिनु हुन्थ्यो म त्यस बेला ज्यादै खुसी भएर स्कुलतिर दौडन्थेँ ।
अहिले म कहाँ पाऊँ मेरी आमालाई ? अहिले कल्पना गरौँ, जन्मभूमि र आमामा । हामी रुख, मोटर, डुङ्गा, जहाज, रेल इत्यादिमा सवार गरौँ हतार हतार कहिले त्यहाँबाट ओर्लिएर धर्तीमा पाइला राखौँला जस्तो हुन्छ । जब हामी ओर्लन्छौँ । आहा ! कति आनन्द अर्थात् कस्तो रमाइलो ! अहा कस्ती रहिछन् भूमि ! त्यस्तै टाढा टाढाबाट डुलेर घरमा आउँदा चन्द्र सूर्यको जस्तो मुहार पारेर भारी भारी आशी दिनुहुन्थ्यो मेरी आमाले । धन्न मेरी आमा धन्न मातृभूमि । सूर्यको प्रकाश जस्तो काँचको टीका निधारमा लगाएको दृश्य देख्दा अहिलेसम्म मलाइ आमाको झझल्को लागि रहन्छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search