Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली प्रदेशसभामा सांसदले भने, ‘मन्त्रीहरू जागिरका लागि मात्रै केन्द्रित भए’

Advertisement

हेमन्त केसी
सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’

उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको बालुवा संग्रहीदेखि सल्यान खलङ्गासम्म लागेको सडकको ठेक्काको काम ६ वर्षसम्म पूरा नहुनुको कारण सोधे। म्याद थपिरहने तर काम नहुने भन्दै उनले मन्त्रालय, कार्यालय र ठेकेदार मिलेर ठग्ने गरेको बताए। ५६ हजार अपाङ्गता भएका व्यक्तिका लागि कर्णाली सरकारले केही नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मन्त्रालय समेत अपाङ्गतामैत्री नभएको भन्दै आक्रोश पोखे।

हुम्लाका प्रदेशसभा सदस्य रणसिंह परियारले हुम्लामा बाढी पहिरोबाट १५ लाख क्षति भएकाले तत्काल समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए। दसैँ तिहार नजिकै आएकाले स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले बाटो खुलाउनु पर्ने प्रदेशसभा सदस्य विन्धमान विष्टले बताए।

प्रदेशसभा सदस्य जानकी सिंहले भेरी कोरिडोर, कर्णाली कोरिडोरभित्र ठाउँमा महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे। उनले प्रदेशसभा सदस्यलाई घरभाडा नपुगेकाले त्यो बढाउन माग गरिन्।

रुकुम पश्चिमबाट निर्वाचित महेन्द्र केसीले रुकुम पश्चिममा मकै बालीमा हावाहुरीले क्षति पुगेको बताउँदै राहत दिनुपर्ने बताए। तर प्रदेशसभा सदस्यले जति कुरा उठाए पनि सरकारले पनि कुनै ध्यान नदिएको पाइएको छ । मुख्यमन्त्रीले केही दिन अघि दिएको दिएको निर्देशन समेत पालना भएको छैन ।


प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search