Karnali Aawaj

Advertisement
Advertisement

मुगुको स्याउ नेपालगन्जको गोदाममै थन्कियो

Advertisement

खड्क सुनार

मुगु, १९ असोज । मुगुमा बर्सातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगन्जमै थन्किएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै कमी आएको छ ।

परम्परागत खेती आलु, कोदो, जौबाट राम्रो आम्दानी नहुने भएपछि जिल्लाका अधिकांश किसानहरूले स्याउ खेती गदै आएका छन् । पुर्ख्यौली पेसालाई बिट मार्दै स्याउ खेतीमा रमाएकी ५० वर्षीय झुप्पु विक अहिले पनि स्याउ खेतीमै रमाउने गरेकी छन् । तर, यो वर्ष स्याउ नफल्दा दसैँ तिहार जस्ता चाडपर्वहरू कसरी मनाउने पिरलोमा छिन् ।

असिनाले जसोतसो जोगिएर उत्पादन भएका फलमा समेत दाना काला हुने समस्या देखिएको छ । जिल्लाका नियमनकारी निकायले स्याउसम्बन्धी प्राविधिक ज्ञान प्रदान नगर्नु, समयमै किसानहरूलाई समस्या समाधानबारे जानकारी नगराउँदा यस्तो समस्या आएको किसानको गुनासो छ । बिक्रीका लागि लगिएका मुगुका स्याउले भाउ पाएका छैनन् भने सबै स्याउहरू नेपालगन्जमै थन्किएको स्याउ किसान हरिबहादुर भामले जानकारी दिए ।

मुगुका ताल्चा, पिन, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम लगायतका स्थानमा स्याउको पकेट क्षेत्र मानिन्छ । मुगुमा ३७५ हेक्टर क्षेत्रमा स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष ९ हेक्टरमा उत्पादन भएको छ । यसलाई हेर्दा यस वर्ष ३ हजार ३ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष जिल्ला बाहिर स्याउ निर्यात हुँदा प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ कृषकहरूले हात पारेका थिए ।तर, यो वर्ष अहिलेसम्मको रेकर्ड हेर्दा स्याउ निर्यातबाट ११ लाख ८१ हजार २५० रुपैयाँ मात्रै आम्दानी भएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले बताए ।

स्याउ उत्पादनमा फड्को मारेका मुगुका किसान यो वर्ष गतिल्लोसँग स्याउ नफल्दा घर खर्च, छोराछोरीलाई पठनपाठनमा पनि समस्या पर्ने देखिएको छ । सरकारले कृषिमा करोडौँ रकम खर्च त गरेको छ, तर किसानलाई आधुनिक तवरले खेती गर्ने वातावरण सृजना गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search