Karnali Aawaj

Advertisement
Advertisement

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

Advertisement

तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ ।

आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्।

अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका छन् । उनले सोचे कि यो उनको अन्तिम चुम्बन हुनेछ। दुवैले झाडीमा भागेर आफ्नो ज्यान बचाए तर यही क्रममा उनीहरू आफ्नो साथी जीवबाट अलग भए। उनका साथी, जसको नाम जीव थियो, उनी अरूलाई सहयोग गर्न निस्किएका थिए र अहिलेसम्म उनको कुनै पत्ता लागेको छैन।

अमितले इन्स्टाग्राममा नीरका लागि खुला पत्र लेखेका थिए, जसमा उनले त्यो भाइरल तस्बिर पनि पोस्ट गरेका थिए। अमितले लेखेका छन्,  ‘जीव बिना हामीले गुज्रिएको दुःखलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । ऊ घर नआएसम्म सबै कुरा समाप्त हुँदैन। तर हामीलाई एउटा चमत्कार भयो।

रकेटबाट हमला सुरु भएको अमित बताउँछन्, ‘हामी आफैँलाई ढुक्क भइरहेका थियौँ कि तिनीहरूले हामीमाथि हानेको बम खस्दैनन् र सबै ठिक हुन्छ।’ तर, अचानक चारैतिर गोलीको आवाज आएको र मानिसहरू लडिरहेका देखेको उनले बताए । हमासहरू मोटरसाइकलमा बसेर चारैतिर घुमिरहेका थिए । उनले अरूलाई पनि गोली हानेका थिए । कुनै न कुनै तरिकाले ज्यान जोगाएर झाडीमा लुकेर बस्यौँ । हामी शान्तिपूर्वक लुकेका थियौँ ताकि हमास यहाँबाट जान सकुन्।

अमित बताउँछन् कि यो डरलाग्दो क्षणमा नीरले सेल्फी लिन भनेका थिए ताकि यो डरलाग्दो क्षणलाई कैद गर्न सकियोस्। उनीहरूलाई लागेको थियो, यस गोली काण्डमा अब बाँच्ने पक्का नै थिएन । सुरुमा अलिकति हिचकिचाए तर पछि राजी भएको अमितले बताए । उनले सोचे कि, यो उनको अन्तिम सम्झना हुन सक्छ। त्यसपछि दुवैले चुम्बन गरे र उनको तस्बिर क्लिक गरे र आफूसँग राखे, जो अहिले जीवन बाँचे पछि इन्स्ट्रागममा राखे पछि भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search