Karnali Aawaj

Advertisement
Advertisement

इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल) के भन्छ ? 

Advertisement
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा आश्विन २९ गते जारी गरिएको वक्तव्य ः
प्यालेष्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेष्टाइनीहरुलाई देशबाट निष्कासित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेष्टाइनीहरुले आफ्नो मातृभूमिमा फर्कनको लागि युद्ध गरिरहेका छन् ।केही दिन पहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको   हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीहरू लगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनतालाई हत्या  गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ । जुनसुकै पक्षबाट भए पनि निःशस्त्र र निरपराध जनताको हत्या वा अपहरणलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यसैले हमास पक्षबाट निरपराध र निःशस्त्र जनतामाथि, जसमा १० जना नेपालीहरू पनि पर्दछन्, माथि गरिएको हत्या र इजरायल पक्षका जनताको अपहरण र हत्यालाई पनि हामीले गलत मान्दछौँ । त्यसरी अपहरण गरिएका इजरायली जनतालाई ढालको रूपमा प्रयोग गर्ने जुन नीति अपनाइएको छ, त्यसलाई पनि हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यस प्रकारको आत्मघाती कार्यविधिले प्यालेस्टाइन जनताको महान् मुक्ति आन्दोलनलाई कमजोर बनाएको छ र त्यसलाई धेरै क्षति पु¥याएको छ ।

अहिले इजरायलले ठुलो पैमानामा गाजामाथि हवाई वा स्थल मार्गबाट हमला गरेको छ । त्यस प्रकारको हमलाबाट गाजाका निःशस्त्र र निरपराध जनता ठुलो सङ्ख्यामा मारिनुका साथै त्यहाँका स्कुल, अस्पताल र विश्वविद्यालयहरू पनि ध्वस्त पारिएका छन् । इजरायलद्वारा गाजा क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारण जनतामाथि अमानवीय नरसंहार मच्चाइएको छ । त्यहाँ ठुलो सङ्ख्यामा महिला र बालबालिकाहरूको पनि हत्या भएको छ । इजरायलले पानी र बिजुली पनि रोक्ने काम गरेको छ । त्यो वास्तवमा घोर अमानवीय र क्रूर प्रकारको नरसंहार हो । त्यस प्रकारको हमलाको हाम्रो पार्टीले कडा शब्दमा विरोध र भर्त्सना गर्दछ ।

अब इजरायल र प्यालेस्टाइन बिचको युद्ध मध्य एसियाको युद्धमा बदलिने सम्भावना प्रस्ट नै छ, त्यसका साथै त्यो युद्धले विश्व युद्धको रूप लिने सम्भावनालाई पनि अस्वीकार गर्न   सकिन्न । त्यस कारण त्यो युद्धप्रति सम्पूर्ण विश्वको नै ध्यान जानुपर्ने आवश्यकता छ ।

यहुदी जातिमाथि हिट्लर र फासिवादले गरेको अत्याचारको विश्वको सम्पूर्ण इतिहास साक्षी छ । विश्वका सम्पूर्ण जनताको संयुक्त प्रयासद्वारा नै फाँसीवादलाई पराजित गर्नु सम्भव भएको थियो । यो धेरै नै दुःख र आश्चर्यको कुरा हो कि त्यही यहुदी जाति वा इजरायलले प्यालेस्टाइन जातिलाई आÇनो भूमिबाट जबरजस्तीपूर्वक हटाइयो र उनीहरुमाथि फासिस्ट प्रकारको दमन र नरसंहारको नीति अपनाइएको छ । कहिल्यै हिट्लरको अमानवीय र नरसंहारको विरुद्ध सारा संसार उठेजस्तै अहिले इजरायलको त्यस प्रकारको नीतिका विरुद्ध पनि सारा संसार उठ्नुपर्ने वा सारा संसारका जनताले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता छ । तर अहिले अमेरिका र कैयौँ साम्राज्यवादी देशहरूले पनि इजरायलको त्यस प्रकारको घोर अमानवीय युद्ध र नरसंहारको नीतिलाई मदत गरिरहेका छन् । जुन राष्ट्रहरूले पहिले फासिष्टवाद र हिट्लरको नरसंहार नीतिका विरुद्ध आवाज उठाएका थिए र लडेका थिए, जसले अहिले पनि संसारमा लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको चर्को कुरा गर्दछन्, उनीहरूले नै इजरायलको प्यालेस्टाइनमाथि हमलाको त्यस प्रकारको समर्थन गरिरहेका छन् । हामीले इजरायलका साथै ती साम्राज्यवादी देशहरूको त्यस प्रकारको कार्यशैलीको पनि तीव्र शब्दमा भर्त्सना गर्दछौँ र प्यालेस्टाइनका जनता तथा उनीहरूको मुक्ति आन्दोलनसित विश्वव्यापी रूपमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ ।

अन्तमा हाम्रो यो दृढ मत छ कि इजरायल पहिले कुनै देशको रूपमा थिएन । प्यालेस्टाइनीलाई उनीहरूको भूमिबाट विस्थापित गराएर इजरायल भन्ने देश खडा गरिएको थियो । प्यालेष्टाइनका जनतालाई आफ्नो मातृभूमिको स्वतन्त्रताको लागि लड्ने अधिकार छ र हामीले उनीहरूको मुक्ति आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search