Karnali Aawaj

Advertisement
Advertisement

पाठशाला कि मातशाला

Advertisement



* नारायण ढकाल


पाठशालालाई
मनमौजी भट्टी बनाएर
युरिया मलको लोकल ठर्रा
घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै
वेश्या चरित्रलाई पनि उछिनेर
दलालहरूसँग बोलकबोलमा व्यस्त
सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका
सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका
निर्लज्ज दृश्यहरूले
लाज पस्कँदै छन्।

स्खलित चरित्र र विकृत मनस्थितिको
बिस्कुन सुकाएर
सार्वजनिक ठाउँमा
मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै
मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर
मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै
चोर जुवा खेलेर पाठशालामा
सर्वसाधारणका घरहरूमा
आतङ्क मच्चाउँदै
चीरहरणको बीभत्स खेलो खेल्दै छन्।

अभिशप्त बाटा घाटाहरूमा
मालिकलाई पगरी गुथाउने दौडमा
बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै
विनाशकारी भेडे यात्राको पदचापभित्र
मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका
विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू
लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै
अनेक शब्द जालमा स्तुति गान गर्दै छन्
र, प्रकम्पनले
आस्था र विश्वासको धरहरा ढलेको छ
पाठशाला, मातशाला बनेको छ!

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search