Karnali Aawaj

Advertisement
Advertisement

गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको ज्यान गयो, फ्रान्स निन्दा गर्‍यो

Advertisement

काठमाडौँ, १ कार्तिक । इजरायल र हमास बिचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औँ दिनमा प्रवेश गरेको छ ।

यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घ द्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो।

गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोस्ट गरेको विज्ञप्तिमा अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा मारिने अधिकांश बालबालिका र महिला रहेको बताए। प्रवक्ताले पीडितको सङ्ख्या मेडिकल स्टाफ र एम्बुलेन्सको क्षमताभन्दा बाहिर रहेको बताए।

यसैबिच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विस्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

फ्रान्सले भन्यो, ‘गाजास्थित अस्पतालमा हमला असह्य छ’

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै आक्रमणमा परी धेरै प्यालेस्टिनीहरूको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक परिवार प्रति समवेदना प्रकट गरेका छन् ।

सो अस्पतालमा भएको आक्रमणमा परी ५०० जना भन्दा बढीको ज्यान गएको थियो भने हजार भन्दा बढी घाइते भएको प्रारम्भिक रिपोट आएका छन् ।

उनले लेखेका छन्, ‘अस्पतालमा आक्रमण गर्नुलाई कुनै पनि कुराले औचित्य दिन सक्दैन, कुनै पनि कुराले नागरिकलाई निशाना बनाएको जायज ठहराउन सकिँदैन।’

उनी अगाडी लेख्छन्, ‘फ्रान्सले गाजाको अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ, जसले धेरै प्यालेस्टाइनीहरूलाई मारेको थियो। हाम्रो मन उहाँहरूसँग छ। सबै परिस्थितिमा प्रकाश पार्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search