Karnali Aawaj

Advertisement
Advertisement

साना कुरा फरक विचार

Advertisement

* डा.कौशिला रिसाल

हामीलाई कहिलेकाहीँ साना विषयले मुख्य भाव पहिल्याउन र खुसी हुन मद्दत गरेको हुन्छ । कतिपय सानै घटना वा प्रसङ्गले पनि समस्या निम्त्याइरहेका हुन्छन् । हामीलाई तनावमा पुर्‍याउने र खुसी हुन मद्दत गर्ने विषय वा प्रसङ्गहरू सानै हुन्छन् । जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र व्यक्तिगत समस्याहरू ससाना हुन्छन् । धेरै दिनसम्म त्यसको सजिलै समाधान नहुँदा हाम्रो दैनिक कार्यमा अवरोध सृजना हुन्छ । यसको अर्थ समस्या वा घटना ठुला हुँदैनन् भन्ने चाहिँ होइन । जब कि म ससाना विषयमा लेख्दैछु । यथार्थमा हामीले समस्यालाई कुन रूपमा लिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण  हुन्छ । हामीले कयौँ पटक ससाना कुरामा ध्यान पुर्‍याउदा  जीवनमा अरूबाट मात्र नभएर आफ्नैबाट पनि धोका पाएका हुन्छौँ । हामीले हाम्रो अवस्थालाई दृष्टिगत गरेर समय र परिस्थितिअनुसार चल्न नसक्दा यस्तो भएको हो ।

कुनै घटना, सन्दर्भ वा विषयवस्तु कसैका लागि सानो लाग्छ भने कसैका लागि त्यही विषय, घटना वा सन्दर्भ ठुलो हुन्छ । कसैलाई दुई छाक खान पाउनु ठुलो कुरा हुन्छ कसैलाई विलासिताका सामग्री जोड्नु पनि सानै हुन्छ । कोही छाप्रोमा पनि आनन्दले निदाउँछ भने कसैलाई महल, गाडी या अन्य सुख सुविधा र भोगविलासका सामग्री हुँदा पनि सन्तोष हुँदैन । के मानिसका अनिवार्य आवश्यकता र उपभोगभन्दा बाहिरका कुनै पनि वस्तुलाई साना या ठुलाको कसीमा राखेर हेर्नु जायज छ त ? कसैले क्याटवाकमा फेसन सो गरिरहेकी महिलालाई राम्री देख्छ भने कसैले बालुवा चालिरहेकी महिला बढी सौन्दर्यशील देख्छ । सानो, ठुलो, राम्रो या नराम्रो यी सबै मानिसको आफ्नो दृष्टिकोणमा भर पर्ने कुरा हुन् । कुनै घटना, दृश्य या क्रियाकलापप्रतिको दृष्टिकोण निर्माणमा मानिसभित्र रहेको चेतनाले काम गरेको हुन्छ ।

मानिसहरूले सजिलै आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्नुपर्छ भन्दछन् । तर व्यावहारिक रूपमा खुसी नै भएर बस्ने कति होलान् त ? भन्न निकै सजिलो भए पनि वास्तविकता धेरै परको कुरा हो । जीवनको स्वाभाविकतालाई बुझेर पनि मानिसले आफूलाई नियन्त्रित गर्न सकेको हुँदैन । यसको मुख्य समस्या सरल विषयलाई जटिल हिसाबले बुझ्नु र जानेर पनि व्यवास्ता गर्नु हो । कस्ता कुरामा हामीले सन्तोष लिने वा सन्तुष्ट हुने भन्ने विषय महत्त्वपूर्ण र सान्दर्भिक हुन्छ ।

आगाको झिल्को सानो भए पनि निकै शक्तिशाली हुन्छ । हामीले बोलेका शब्द थोरै भए तापनि महत्त्वपूर्ण हुन्छन् । कतिपय सन्दर्भमा दिनभरि गरिएको भाषण पनि महत्त्वहीन हुन सक्छ । शब्द वाणी अर्थात् शब्दको अभिव्यक्तिमा घात र प्रशंसा दुवै शक्ति महत्त्वपूर्ण रहन्छन् । कहिलेकाहीँ एउटा शब्दले पनि मानिसको जीवनलाई फरक धार र अवस्थामा पुर्‍याउँदछ । किनकि त्यो शब्दले जीवनलाई भिन्न रेखा वा घुम्तीमा पुर्‍याएर जीवनमा ठुलो परिवर्तन ल्याइदिन सक्तछ । कुनै काम वा कुरा साना ठुला हुँदैनन् तथा ती सबै सत्यता र सान्दर्भिकताले बोध गर्ने हुन् । कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष हुने भएकाले यसलाई हामीले कसरी हेर्छौँ भन्ने  कुरा  महत्त्वपूर्ण हुन्छ ।

हामीले उचित समयमा गरेको सानो कामले पनि अरूको जीवनमा सकारात्मक प्रभाव पार्दछ । एक किसिमको ऊर्जा दिन्छ । तर हामीले यस विषयमा ध्यान दिएका हुँदैनौँ । जस्तै– कुनै व्यक्तिले राम्रो काम गर्दा, पढाइमा सफलता हासिल गर्दा, उद्यम व्यवसायमा उन्नति गर्दा हामी उसलाई समयमा स्याबासी दिन सक्दैनौँ । ताली बजाउन र प्रशंसा गर्न ढिला गर्छौँ  । जे कुरा पनि समयमा भयो भने त्यसको छुट्टै महत्त्व रहन्छ । समय गुज्रिएपछि दिएको स्याबासी, प्रशंसा या धन्यवाद अघाएको बेला दिएको स्वादिष्ट भोजनजस्तै हुन्छ ।

कहिलेकाहीँ साना भनेर छाडिएका र ध्यान दिन नसकिएका कुराले ठुला ठुला दुर्घटना निम्त्याउन सक्छन् । कुनै काम कर्तव्यभित्र र कुनै अनिवार्यभित्र पर्दछन् । जीवनमा कर्तव्य र आवश्यकतालाई हेरेर काम गर्नुपर्ने हुन्छ । आफ्नो सन्तान र परिवारप्रतिको दायित्व अनिवार्य हुन्छ । वृद्ध आमाबाबुको स्वास्थ्यको हेरचाह गर्नु छोराछोरीको पहिलो दायित्व हुन्छ । गाउँ, समाज वा नजिकका आफन्तकोमा विवाह, उत्सव आदि सुख दुःखका कार्यहरूमा उपस्थिति भएर सान्त्वना, हौसला र शुभकामना दिनु राम्रो भए पनि दबाबमा अनिवार्य गरिने कार्य राम्रो होइन । कसैको प्रलोभनमा परेर, दबाबमा आएर कसैलाई आर्थिक भार पार्ने काम गर्नुहुँदैन । यसैले अनुकूल हुँदा, समय मिल्दा, आफूलाई सजिलो हुने गरेर कार्य गर्नुपर्छ । यस्ता कुरामा नयाँ पुस्तालाई पनि जिम्मेवारी बनाउनुपर्छ ।

हामीलाई मन नपर्ने वा गर्न मन नलाग्ने कुनै पनि काम कसैको दबाबमा गर्नै पर्छ भन्ने छैन । जुनसुकै काम कर्तव्यकै लागि वा आफ्नो लागि गरिन्छ । अनावश्यक दबाबका कारण मन नलागे पनि बोल्नुपर्ने, खान मन नलाग्दा खानुपर्ने बाध्यता केही पनि छैन । कसैले दबाब सृजना ग¥यो भन्दैमा आफूलाई गर्न मन नलागेको काम गर्नुपर्छ भन्ने पनि छैन । हामीले गरेका कामले कसैलाई हानी पुर्‍याउनु हुँदैन ।

मानिसलाई भन्न सजिलो छ फलानोले त्यति सानो  कुरामा पनि किन तनाव लिएको होला ? कस्तो आत्मबल कमजोर भएको ? फलानो त कति घमन्डी रहेछ । हामी अर्कालाई स्वभावअनुसार अनेक विशेषण दिन्छौँ । रिसाहा, ईर्ष्यालु, इखालु आदि आदि । कहिलेकाहीँ हामीले कसैका बारेमा गरेको अनुमान झुटो साबित भइदिन्छ । किनकि हामी उसको नजिक पुग्न सकेका हुँदैनौँ । एक क्षणको व्यवहारलाई लिएर हामीले कसैलाई राम्रो, नराम्रो वा खराब र असलको विशेषण लगाइदिन्छौँ । मानिसको जीवनमा विभिन्न परिस्थितिको सृजना भएको हुन्छ । कुनै व्यक्ति कसैको लागि असल, सहयोगी र मायालु भइदिन्छ भने त्यही व्यक्ति कसैका लागि कन्जुस, असहयोगी सिद्ध हुन सक्छ । समस्या अरूमा मात्र होइन हामी आफैसँग पनि हुन्छ । समय र परिस्थितिअनुसार मानिसको व्यवहार फरक हुने हुँदा त्यसैअनुरूप व्यवहार गरेर अगाडि बढ्न उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search