Karnali Aawaj

Advertisement
Advertisement

पारिजातको सम्झना

Advertisement
* दिल साहनी
पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ।  त्यति बेला उनले मलाई ‘काठमान्डुमा देखे जस्तो लाग्यो’ भनिन् । मैले जबाफमा भनेको थिएँ – ‘म काठमान्डु कहिले गएको छैन’ । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् ।
 दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायक‍को जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् – ‘एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा’ । सो कुरा उनकै मुखबाट सुनेको थिएँ ।
तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ । उनी दिल्लीतिरबाट बनारस आउँदा विशेष गरी मोदनाथ प्रश्रितको अगुवाइमा बनारसमा पारिजातको उपस्थितिमा साहित्य चर्चा कार्यक्रम राखिएको थियो । त्यसमा प्रदीप गिरी पनि उपस्थित थिए र बोलेका पनि थिए ।
 चौथोपल्ट मैले पारिजातलाई भैरहवामा भेटेको थिएँ । सिद्धार्थ साहित्य परिषद्को आयोजनामा रत्न राज्य लक्ष्मी हाई स्कुलमा उनको सम्मानमा साहित्यिक भेटघाट कार्यक्रम राखिएको थियो । त्यसमा मैले, देश कसको हातमा छ ?  भन्ने कविता सुनाएको थिएँ ।
पारिजातलाई मेरो त्यो कविता निकै मन परेछ । उनले मसित त्यो कविता मागेर आफ्नो सम्पादनमा प्रकाशित उत्साहमा प्रकाशित गरेकी थिइन् । तर त्यही कविताको कारण प्रत्रिका पञ्चायती प्रशासनले कब्जा गर्‍यो । पछि चार लाइनमा कालो पोतेर वितरण गर्न दियो । त्यस पछि त मेरो पारिजातसित उनकै निवासमा धेरैपल्ट भेट भएको थियो । म काठमाण्डौं जाँदा भरसक समयले साथ दिएसम्म पारिजातलाई भेट्दथेँ ।
एकपल्ट मैले पारिजातलाई उनको निवासमा भेट्दा उनले भनेकी थिइन् – ‘म कसैसित भेटघाट गर्न चाहान्नथें। मलाई नभेट्नु भनेर राजधानीका सबै साथीहरूलाई खबर गरेकी थिएँ । तपाईँ आउनु भएछ ।’  मैले उनलाई भने ‘थाहा नपाएर म आएछु । म जान्छु त ।’ त्यसको प्रतिक्रियामा उनले भनिन् – ‘अब आइत हाल्नु भयो, बस्नुस् ।’ त्यस पछि हामीबिच विविध विषयमा कुराकानी भए । उनी त्यति बेला परिभाषित आँखाहरू उपन्यास लेख्दै थिइन् । उनले  भनिन् ‘उपन्यास लेख्दा म सम्पूर्ण रूपमा एकान्त तथा सुनसान चाहन्छु ।’  उनले लेख्दा कुनै चराचुरुङ्गी, पशु पक्षी आदिको आवाज सुन्न नपरोस्, कुनै कुराले उनको ध्यान भङ्ग नगरोस् भन्ने चाहन्थिन् ।
 पारिजात, प्रज्ञा प्रतिष्ठानसित असन्तुष्ट थिइन् । उनले मलाई भनेकी थिइन् – ‘तपाईँले प्रज्ञा प्रतिष्ठानमा कुन‌ै रचना नपठाउनु होला । प्रज्ञा प्रतिष्ठानमा मैले वैरागी काइँला र मोहन कोइरालालाई भेट्दा उनीहरूले मलाई रचना पठाउनुहोला भनेका थिए । म समेत रचना पठाउने मनस्थितिमा थिइन।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search