Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

Advertisement

कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् ।

विमोचन कार्यक्रममा कसले के भने ? 

डा.चूडा ढकाल(लेखक)

आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्‍याउन धेरै सङ्घर्ष गर्नुपर्‍यो ।  ४४ वटा विभिन्न देशका ३०० जना पर्यटकहरूले हाम्रो देशको सौन्दर्य, संस्कृति, हिमाल, पहाड, दुःख, सुखको बारेमा उनीहरूसँग अन्तर्वार्ता लिएर  यो किताब तयार पारिएको हो । यो पुस्तकमा पर्यटकहरूको आँखाबाट हाम्रो देशको पर्यटन र समग्र संस्कृतिलाई उजागर गरिएको छ ।

भाइ ईश्वरी ढकालले सौराहामा सानो पसल चलाई राख्दा संयोगवश आइपुगेका पर्यटकहरूसँग सामान्य कुरा गर्दै विभिन्न तथ्यहरू सङ्कलन गर्दै गए । त्यसरी तथ्याङ्कहरू सङ्कलन गर्दै जाँदा मैले पनि विभिन्न सुझावहरू दिँदै गए । त्यसरी प्राप्त धेरै डाटाहरूको सार निकाल्दै तथा त्यसलाई व्यवस्थित गर्दै यो किताबको स्वरूप तयार हुन गयो । त्यसको लागि विदेशी पर्यटनहरूसँग हजारौँ इमेलहरू गरियो ।

यो किताबमा नौ वटा उपशीर्षकहरू छन् । परिचय, नेपाल कस्तो देश हो ? नेपाल किन आयौ ? नेपाल आउँदा उनीहरूको धारणा के हो ? नेपाल आएपछि उनीहरूले के पाए  ? नेपालीहरू किन विदेश पलायन हुन्छन् ? नेपाल हेरेपछि उनीहरूले आफ्नो देशसँग कसरी तुलना गर्छन् ? खुसी के हो ? लगायतका उपशीर्षकहरू यो पुस्तकमा छन् ।

नवराज दाहाल(पर्यटन व्यवसायी)

नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना छ । यो पुस्तकले नेपालको पर्यटन प्रवर्द्धन गर्न ठुलो सहयोग गर्दछ । पर्यटन व्यवसायीहरूले यो पुस्तकलाई आफ्नो सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्दछ । पुस्तक तयार भएर मात्र पुग्दैन । यो पुस्तकलाई विभिन्न अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूसम्म पनि पुर्‍याउनु पर्दछ । यो पुस्तकलाई पर्यटन बोर्डले सम्बन्धित स्थानहरूमा विशेष गरेर विदेशी पर्यटकहरूको बिचमा पुराउनुपर्दछ ।

नेपालमा पर्यटनलाई प्रवर्द्धन गर्न विशेष पहल गरिनुपर्दछ । पर्यटन विकासको लागि पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिनुपर्दछ । बाटो, एयरपोर्ट तथा बसपार्कलाई व्यवस्थित गरिनुपर्दछ ।

पर्यटनसम्बन्धी राज्यको नीति राम्रो छैन, राम्रो बनाउनुपर्दछ । एक द्वार नीतिका आधारमा पर्यटनहरूसँग शुल्क उठाइनुपर्दछ । उनीहरूसँग जहाँ पनि अनावश्यक शुल्क उठाइनु हुँदैन । पर्यटन विश्वविद्यालय जस्ता पूर्वाधारको विकास गरेर व्यापक रूपमा जनशक्तिको निर्माण गरिनुपर्दछ ।

हिमनदीहरू पग्लँदै गएको छन् । त्यसलाई कम गर्न पनि राज्यको तर्फबाट विशेष पहल गरिनुपर्दछ । यो पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधार हो ।

लेखनाथ न्यौपाने(माओवादी केन्द्रका नेता)

लेख्नु एकदम गाह्रो विषय हो । तथ्याङ्कहरू अलि नयाँ हुनुपर्दथ्यो । चिनेको लेखकको किताब पढ्दा बेग्लै ऊर्जा आउँछ । लेखनको बिषयबस्तुसँग उसको जीवन, दैनिकी र व्यवहार अनुकूल हुनुपर्दछ । यो नै महत्त्वपूर्ण विषय हो । विषयवस्तुको विश्लेषण गरेर छोडिदिने तर त्यो अनुकूलको व्यवहार भएन भने त्यो लेखनको कुनै औचित्य हुँदैन । फेरि पनि पर्यटन प्रवर्द्धन, बेग्लै विषय हो । यो पुस्तकले विशेष महत्त्व राख्दछ ।

विमल पोख्रेल (अधिवक्ता)

पर्यटकहरू समस्यामा पर्दा कानुनीरुपमा विशेष सुविधा हुनुपर्दछ । उनीहरूको सुरक्षाको विषयलाई लिएर सरल प्रकारको कानुनी व्यवस्था गरिनुपर्दछ ।

पर्यटनले घुमाई मात्र होइन, यसले जीवन व्यवहार सिकाउँछ । पर्यटनको लागि पोखरामा मात्र सीमित नगरेर रारा तथा सुदूरपश्चिम तर्फ लग्न सकियो भने अझ राम्रो आमदानी गर्न सकिन्छ ।

नेपालीहरू विदेश गएर गर्ने खर्च, विदेशी पर्यटक नेपाल आएर गर्ने खर्च भन्दा धेरै छ । यो चुनौतीको विषय हो । यो तथ्याङ्कलाई परिवर्तन गर्नुपर्दछ । किताबको प्रचार कलाले पनि पर्यटन प्रवर्द्धनलाई विशेष सहयोग गर्दछ ।

ज्ञानशाला अनुसन्धान केन्द्रका समीर सिंहले सहजीकरण गरेको विमोचन कार्यक्रममा उमा अम्गाई, सुरेश अधिकारी समेतले पुस्तकको सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । पुस्तकका केही अंशहरू अविरल ढकाल र अपेक्षा ढकालले वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search