Karnali Aawaj

Advertisement
Advertisement

राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार

Advertisement

कात्तिक २०, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको सचिव पारस खड्काले बताए ।

काठमाडौंमा आईतबार सम्पन्न भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने २०२० को विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भयो ।

यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेको पनि सचिब खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search