Karnali Aawaj

Advertisement
Advertisement

स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिङ्गो युरोपमा पहिलो घटना

Advertisement

बार्सिलोना, ५ मङ्सिर । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् ।

युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो ।

मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर ३० मा जन्मिएको थियो । त्यो बच्चा ३० वर्षकी एस्टेफानिया र २७ वर्षकी अजहाराको जोडीबाट जन्मिएका हुन । यस अवधिमा अजहाराले आफ्नो छोरालाई ९ महिनासम्म आफ्नो गर्भमा राखेकी थिइन् तर उनलाई जन्म दिने अण्डा भने एस्टेफानियाको कोखबाट भएको थियो ।

यो दम्पतीले स्पेनको प्रजनन क्लिनिकको सहयोगमा यस वर्ष मार्चमा अभिभावक बन्ने यात्रा सुरु गरेका थिए। उनीहरूले अभिभावक बन्न इन्भो सेल नामक प्रजनन प्रविधि प्रयोग गर्ने निर्णय गरे। इन्भो सेल इंट्रावैजिनल कल्चरमार्फत बच्चा जन्माउने प्रविधि हो। यसका लागि एस्टेफानियाको योनीमा अण्डा र शुक्रकीटको क्याप्सुल हालिएको थियो । अण्डा र शुक्रकीट क्याप्सुलहरू ५ दिनको लागि ठाउँमा छोडियो, यसले प्राकृतिक रूपमा गर्भधारण गर्न सजिलो बनायो।

स्पेनमा बच्चालाई जन्म दिन डाक्टरहरूले गर्भावस्थाको अर्को चरणका लागि केही विशेष कुराको ख्याल गरेका छन् । तिनीहरूले अजहाराको पाठेघरमा अण्डाहरू सार्नुअघि भ्रूणहरूको निरीक्षण र चयन गरेका थिए । अजहराले नौ महिनासम्म बच्चालाई गर्भमा राखेकी थिइन् र अक्टोबर ३० मा डेरेक इलोय नामको बच्चालाई जन्म दिइन् । यस अवधिमा दम्पतीले सम्पूर्ण प्रक्रियामा रु ४ लाख ५७ हजार ९०९ रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

डेरेकको जन्म सम्भव गराउने टोलीका एक डाक्टरले यो इन्भोसेल प्रक्रियाको विशेषता भनेको दुवैले भ्रूण लिन र आवश्यक भएसम्म एक अर्कासँग बाँड्न सक्ने बताए। यसबारे आमाबाबु बनेकी एस्टेफानियाले भनिन, ‘मेरो साथी र म एक अर्कालाई हेर्छौ। हामीलाई लाग्छ कि यो केही हो, जुन हामी दुवै भित्र रहेको छ, केही जुन हामीले सँगै गरेका छौँ।’ अहिले उनीहरू दुवै खुसी रहेका छन् ।

उनीहरू अघि अमेरिकामा एक समलिङ्गी जोडीले बच्चा जन्माएका थिए । सन २०१८ मा टेक्ससका दुई विवाहित महिला एकल बच्चा जन्माउने विश्वको पहिलो महिला जोडी बनेका थिए ।

टेक्ससको बेडफोर्डको केयर फर्टिलिटीका प्रजनन विशेषज्ञ डा. क्याथी डुँडी र उनका पति डा केभिन डुडीले  ‘रेडिकल’ प्रविधि प्रयोग गरेर उनीहरूको गर्भधारण गराइएको थियो । जसका कारण दुवै महिलाले आमा बन्ने खुसी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search