Karnali Aawaj

Advertisement
Advertisement

डा.जगमान गुरुङले झुट्टा र कपोकल्पित कुरा गरेको मसालको ठहर

Advertisement

काठमाडौँ, मङ्सिर ६  । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ ।

प्रवक्ता रामप्रकाश पुरीले बुधवार एक स्पष्टीकरण प्रेषित गर्दै महामन्त्री सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको भन्दै एउटा स्पष्टीकरण जारी गरेका छन् । स्पष्टीकरणको सम्पूर्ण विवरण यस प्रकार छ –

डा. जगमान गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर भनेको भनी एउटा कुनै कार्यक्रममा अभिव्यक्ति दिनुभएको छ । का. मोहन वैद्य र का. नारायणमान बिजुक्छेले उहाँहरू आफैले त्यसबारे आफ्नो स्थितिलाई स्पष्ट गर्नुहोला । यहाँ हामीले का. मोहनविक्रम सिंहबारे डा. गुरुङको जुन अभिव्यक्ति प्रकट भएको छ, त्यसबारे स्पष्टीकरण दिन चाहन्छौँ ।

सर्वप्रथम, हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको कुरा स्पष्ट गर्न चाहन्छौँ । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध प्रतिगामीहरूले लगातार अभियान चलाउँदै आएका छन् । त्यस सन्दर्भमा प्रतिगमनका विरुद्धको सङ्घर्ष देशको वर्तमान स्थितिमा प्रमुख आवश्यकता बन्न गएको कुरा का. मोहनविक्रम सिंहले लगातार जोड दिँदै आउनुभएको छ । २०८० मङ्सिर ०५ गते जारी वक्तव्यमा पनि मङ्सिर ०७ गते प्रतिगामी उद्देश्यका साथ आयोजना गर्न थालिएको प्रदर्शनको विरोध गर्दै उहाँको वक्तव्य प्रकाशित भएको छ । त्यसरी डा. जगमान गुरुङले का. मोहनविक्रम सिंहबारे दिनुभएको अभिव्यक्ति पूरै झुट्टा र कपोलकल्पित भएको कुरा स्पष्ट छ ।

डा. गुरुङले मोहनविक्रम सिंहले राजा चाहिन्छ भनेको प्रमाणको रूपमा पछिल्लो समयमा जीवनारायण भण्डारीले योहो टेलिभिजनमा मोहनविक्रम सिंहसित लिनुभएको अन्तर्वार्तालाई उल्लेख गर्नुभएको छ । त्यो अन्तर्वार्ताको भिडियो हामीसित पनि सुरक्षित छ र सामाजिक सञ्जाल वा युट्युबमा पनि त्यो अन्तर्वार्ता जो कसैले पनि हेर्न र सुन्न सक्दछन् । त्यो अन्तर्वार्तालाई पूरै हेर्ने वा सुन्ने हो भने पनि त्यहाँ राजा वा राजतन्त्रको विरोध गरिएको कुरा स्पष्ट छ ।

त्यसरी डा. गुरुङले त्यो अन्तर्वार्तामा मोहनविक्रम सिंहले राजा चाहिन्छ भनेको भनी जुन प्रमाण उल्लेख गर्नुभएको छ, त्यसमा त्यो कुरा कतै पनि नभएकोले डा गुरुङले मोहनविक्रम सिंहबारे जुन अभिव्यक्ति दिनुभएको छ, त्यो पूरै झुट्टा र निराधार भएको कुरा स्पष्ट गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search