Karnali Aawaj

Advertisement
Advertisement

अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिन्छ : गगन थापा

Advertisement

१ पुष, काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।


पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिने बताए ।


थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छन् ?, म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु – गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’


सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनको गुनासो छ । ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नुपर्यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search