Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

इमरान खान समर्थकले गरे ‘भर्चुअल’ शक्ति प्रदर्शन

Advertisement

२ पुस, काठमाण्डौं – आइतबार पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले भर्चुअल जलसा (र्‍याली) आयोजना गरेका छन् ।

पाकिस्तान सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरिदिए पनि आइतबार एसिया, युरोप र अमेरिकासहित विश्वभरका समर्थकहरूले भर्चुअल जलसा (र्‍याली) आयोजना गरेका हुन् ।

खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले आसन्न चुनावसम्बन्धी सार्वजनिक भेलामा सरकारले आफ्ना कार्यकर्तालाई अवरोध पुर्‍याएको विरोधमा  ‘भर्चुअल पावर शो’  आयोजना गरेको जनाएको छ ।  

डिजिटल अधिकार, साइबर सुरक्षा र सुशासन प्रवर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट नियमन संस्था, नेटब्लक्सले पाकिस्तानको इन्टरनेट सेवा अवरुद्ध भएकोबारे पुष्टि गरेको छ । स्थानीय प्रयोगकर्ताहरूले पनि लाहोर, कराची र इस्लामाबादमा आइतबार सोसल मिडिया प्लाटफर्म चलाउन गाह्रो भएको प्रतिक्रिया दिएका थिए । इन्टरनेट ‘स्लो’ भएको र सोसल मिडिया प्लाटफर्म नखुलेकोबारे उनीहरूले गुनासो गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यसबारे पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आउँदो फेब्रुअरी ८ मा पाकिस्तानमा हुन लागेको राष्ट्रिय चुनावलाई मध्यनजर गर्दै पीटीआईले स्थानीय समयअनुसार आइतबार राति १० बजेबाट अनलाइन र्‍याली गरेको हो । युट्युबमा लाइभ गरिएको उक्त र्‍यालीमा हालसम्म १५ लाखभन्दा बढी भ्युज छ । र्‍यालीलाई सम्बोधन गरेका पीटीआईका अध्यक्ष गोहर खानले आफूहरूको ‘पावर शो’लाई लक्षित गरेर सरकारले ‘इन्टरनेट क्र्याकडाउन’ गरेको आरोप लगाएका थिए । खैबर पख्तूनख्वाका अर्थमन्त्री समेत रहेका पीटीआई नेता तैमुर झाग्राले पार्टीको बढ्दो लोकप्रियतासँग डराएर इन्टरनेट अवरुद्ध गरिएको प्रतिक्रिया दिएका छन् ।

एसिया, युरोप र अमेरिकासहित विश्वभरका अनुमानित १० लाख प्रयोगकर्ताहरूले लाइभ र्‍यालीमा सहभागिता जनाएको पीटीआईको दाबी छ । तीन घण्टामा सकिने भनिएको भर्चुअल भेला साढे चार घण्टासम्म चलेको थियो । यसअघि गत मेमा पीटीआईका संस्थापकसमेत रहेका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिएर पक्राउ परेपछि भएको हिंसात्मक विरोध प्रदर्शनका बेला पनि देशभरको मोबाइल सेवा बन्द गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search