Karnali Aawaj

Advertisement
Advertisement

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी

Advertisement

सुर्खेत । कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका विष्णु विक र नेकपा एकिकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् ।

कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिने गरी भागबण्डा भएको थियो । जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मतभार प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन ।

यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search